
नयाँ विकल्प
काठमाडाैं-नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे सिआईबीले बैकिङ कसुरमा फरार अभियुक्त सत्य नारायण प्रसाद रौनियारलाइ नियन्त्रणमा लिएकाे छ ।
राैनियारलाइ उच्च अदालत पाटनले २०७५ चैत १० र २०७६फागुन २७मा दुइपटक गरि रौनियारलाई ४५ दिन कैद र ७० लाख जरिवाना हुने ठहर भएको थियाे ।
बिरगंज -६ माईस्थान बस्ने बर्ष ५८ को प्रतिवादी सत्य नाराण प्रसाद राैनियार अदालतले दाेषी ठहर गरेसंग फरार रहेका थिए ।
पिडित मन्दीप कुमार थापा र सन्तोष कुमार चौधरीको जाहेरीपछि रौनियारलाइ सिआईबीले बुधबार काठमाडाैंकाे राताेपुलबाट पक्राउ गरेकाे हाे । राैनियारमाथी अदालतले ठहर गरेकाे गरिवाना र कैद भुक्तानकालागी आजै पर्सा जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएकाे छ ।
साथै, सत्य नारायण प्रसाद रौनियारले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि बिभिन्न बैंकबाट भुक्तान हुने गरी ७०,लाख का चेकहरु काटी दिएकोमा बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निज प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) अनुसार उच्च अदालत पाटनमा पेश गरिने प्रहरीले जनाएकाे छ
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...
काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...