
नयाँ विकल्प,
काठमाडाैं- पार्टीभित्र आन्तरीक विवाद चर्किरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु निकट सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बाेलाएर छलफल गर्ने भएका छन् ।
प्रचण्डले प्रधानमन्त्री केपी ओलीसंग सम्वाद समेत नगरी दिउँसो ३ बजे सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाएकाे स्राेतले बतायाे । कर्णाली प्रदेशमा देखिएको विवाद, भारतीय गुप्तचर संस्था रअ का प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको भेट लगायत विषयमा मतभिन्नता बढ्दै जाँदा नेकपाको एकता संकटमा परेको हो।
जसका कारण नेकपाका दुइ अध्यक्ष प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच बाेलचाल नै बन्द हुने अवस्था पुगेकाे थियाे । तत्कालका लागि दुइ अध्यक्षवीचकाे तनाव कम गर्न भएका भेटघाटमा ओराेप प्रत्याराेप झनै चुलिदै गएकाे छ ।
यसअघि प्रचण्डले सचिवालय सदस्य झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका रामबहादुर थापासँग आफ्नै निवास खुमलटारमा पार्टी भित्रकाे आन्तरिक विवादबारे छलफल गरेका थिए । साे भेटमा उपस्थित नेताहरूले सचिवालय बैठक बोलाउनुपर्ने माग राखेका थिए ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...