ओलीसँग सम्वाद नगरी प्रचण्डले किन बाेलाए नेकपा सचिवालय सदस्यहरूलाई धुम्बाराहीमा ? – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper
नेकपा विवाद झनै चुलिने संकेत

ओलीसँग सम्वाद नगरी प्रचण्डले किन बाेलाए नेकपा सचिवालय सदस्यहरूलाई धुम्बाराहीमा ?


नयाँ विकल्प,
काठमाडाैं- पार्टीभित्र आन्तरीक विवाद चर्किरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु निकट सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बाेलाएर छलफल गर्ने भएका छन् ।

प्रचण्डले प्रधानमन्त्री केपी ओलीसंग सम्वाद समेत नगरी दिउँसो ३ बजे सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाएकाे स्राेतले बतायाे । कर्णाली प्रदेशमा देखिएको विवाद, भारतीय गुप्तचर संस्था रअ का प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको भेट लगायत विषयमा मतभिन्नता बढ्दै जाँदा नेकपाको एकता संकटमा परेको हो।

जसका कारण नेकपाका दुइ अध्यक्ष प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच बाेलचाल नै बन्द हुने अवस्था पुगेकाे थियाे । तत्कालका लागि दुइ अध्यक्षवीचकाे तनाव कम गर्न भएका भेटघाटमा ओराेप प्रत्याराेप झनै चुलिदै गएकाे छ ।

यसअघि प्रचण्डले सचिवालय सदस्य झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका रामबहादुर थापासँग आफ्नै निवास खुमलटारमा पार्टी भित्रकाे आन्तरिक विवादबारे छलफल गरेका थिए । साे भेटमा उपस्थित नेताहरूले सचिवालय बैठक बोलाउनुपर्ने माग राखेका थिए ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ कार्तिक २१, १२: ४०

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ कार्तिक २१, १२: ४०

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ कार्तिक २१, १२: ४०

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...