सुनिल थापा भए कांग्रेस सहमहामन्त्री, राप्रपाबाट आएका ६ केन्द्रीय सदस्य र ३ आमन्त्रित केन्द्रीय सदस्य – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सुनिल थापा भए कांग्रेस सहमहामन्त्री, राप्रपाबाट आएका ६ केन्द्रीय सदस्य र ३ आमन्त्रित केन्द्रीय सदस्य

नयाँ विकल्प,

काठमाडाै –
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गत साउन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका सुनिलबहादुर थापा सहमहामन्त्रीमा नियुक्त भएका छन् ।

राप्रपा परित्याग गरी आएका अन्य रामप्रसाद भट्टराई मोरङ, विष्णुविक्रम थापा सिन्धुपाल्चोक, बाबुराम बस्नेत भोजपुर, वृजलाल यादव बारा, किरण गिरी काठमाडौ, टिएन योगी ललितपुरलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

यस्तै राप्रपाबाटै कांग्रेस प्रवेश गरेका झापाका दिलिप राइ, कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्य भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकाे शुक्रबार साँझ केन्द्रिय कार्यालय सानेपामा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

कांग्रेसकाे साे बैठकले प्रतिनिधि सभामा कांग्रेसबाट निर्वाचित सांसद सूर्यबहादुर केसीकाे निधन भएकाेमा उनकाे स्थानमा खस अार्यबाट स्याङ्जाका माेहनप्रसाद पाण्डेलाइ प्रतिनिधि सभा सदस्यमा सिफारिस गर्ने निर्णय भएकाे छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ कार्तिक २८, १८: ५२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०७७ कार्तिक २८, १८: ५२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ कार्तिक २८, १८: ५२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...