
नयाँ विकल्प,
काठमाडाै –
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गत साउन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका सुनिलबहादुर थापा सहमहामन्त्रीमा नियुक्त भएका छन् ।
राप्रपा परित्याग गरी आएका अन्य रामप्रसाद भट्टराई मोरङ, विष्णुविक्रम थापा सिन्धुपाल्चोक, बाबुराम बस्नेत भोजपुर, वृजलाल यादव बारा, किरण गिरी काठमाडौ, टिएन योगी ललितपुरलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
यस्तै राप्रपाबाटै कांग्रेस प्रवेश गरेका झापाका दिलिप राइ, कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्य भएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकाे शुक्रबार साँझ केन्द्रिय कार्यालय सानेपामा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
कांग्रेसकाे साे बैठकले प्रतिनिधि सभामा कांग्रेसबाट निर्वाचित सांसद सूर्यबहादुर केसीकाे निधन भएकाेमा उनकाे स्थानमा खस अार्यबाट स्याङ्जाका माेहनप्रसाद पाण्डेलाइ प्रतिनिधि सभा सदस्यमा सिफारिस गर्ने निर्णय भएकाे छ ।
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह वडा डडेल्धुराको गन्यापधुरा-१ मा पूर्णबादुर देउवा वडा सभापति बनेका छन् । अधिवेशनले...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज भेट गरेका छन् । सिंहदरबारस्थित...