भारतमा कोभिड–१९ बाट २४ घण्टामा ५८५ जनाको मृत्यु – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

भारतमा कोभिड–१९ बाट २४ घण्टामा ५८५ जनाको मृत्यु

नयाँदिल्ली–भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएको छ । यो सहित भारतमा संक्रमितमध्ये एक लाख ३१ हजार ५७८ जनाको ज्यान गएको छ ।

भारतमा हाल ८९ लाख ५८ हजार कूल संक्रमित भेटिए पनि ८३ लाख ८३ हजार संक्रमणमुक्त भएका छन् । संक्रमितको निको हुने दर निकै राम्रो रहेको भारतमा हाल ४ लाख ४३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

मन्त्रालयका अनुसार विगत १२ दिनदेखि भारतमा ५० हजारभन्दा कम व्यक्तिमा मात्र संक्रमण देखिएको छ ।

भारतमै सर्वाधिक असर परेको महाराष्ट्रमा ८१ हजार २०७ जनामा सक्रिय संक्रमण रहेको छ भने केरलामा करिब ७० हजार र दिल्लीमा ४२ हजारमा संक्रमण यथावत रहेको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १२ करोड ८५ हजार नमुना परीक्षण गरेको जनाएको छ ।

परिषदका अनुसार भारतमा कोरोना संक्रमणमुक्त हुने दरमा निरन्तर सुधार हुँदै हाल ९३.५२ प्रतिशत रहेको छ । (रासस–एएनआई)

सम्बन्धित समाचार

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०७७ मंसिर ४, १५: १७

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०७७ मंसिर ४, १५: १७

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०७७ मंसिर ४, १५: १७

काठमाडौं : हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव रहँदा कोशी प्रदेशलगायत बाँकी पहाडी र...