
नयाँ विकल्प,
काठमाडाैं- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालयनै समस्या सिर्जना गर्ने थलोका रूपमा विकास हुँदै गएको भन्दै सामुहिक राजिनामाकाे प्रस्ताव गरेपछि सचिवालयकाे औचित्यमाथि नै प्रश्न उठेकाे छ ।
पार्टीको ‘कोर अफ दि लिडरसीप’ का रूपमा नेकपाले मान्दै आएकाे सचिवालय आन्तरिक समस्या समाधान गर्नेभन्दा समस्या सिर्जना गर्ने थलो बनेकाे पौडेलको आराेप छ । बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा पौडेलले नेकपाभित्र अहिले जारी विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनको अन्तिम मलामी हुने चेतावनी दिदै सचिवालय बैठक खारेजकाे प्रस्ताव गरे ।
‘यस्तो हुन नदिन हामी नौ जनाले नै सचिवालय सदस्यबाट राजीनामा दिऔं र स्थायी समितिमा रहेका नयाँ अनुहारलाइ सचिवालयमा ल्याउन प्रस्ताव लैजाऔं,’ पौडेलले बैठकमा भनेको कुरा उल्लेख गर्दै स्रोतले भन्यो। नेकपा सचिवालय पार्टीको आन्तरिक समस्या र राष्ट्रिय राजनीतिलाई समेत सही दिशा दिन नसकेको भन्दै पाैडेलले यसकाे औचित्यमाथी नै गम्भिर प्रश्न उठाएका हुन् ।
पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको भन्दै सचिवालयकाे भुमिका बदल्नु पर्ने उनकाे जाेड छ । पाैडेलले भनेका छन् पार्टीको आन्तरिक समस्या समाधान र राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशाबोध गराउन नसक्ने सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ।’ बुघबारकाे सचिवालय बैठकमा पाैडेलले सचिवालय बैठक समस्यकाे जड भएकाे भन्दै सामुहिक राजिनामाकाे प्रस्ताव गरेका थिए ।
पार्टी आन्तरिक जीवनमा गम्भीर, जटिल र संकटग्रस्त भएको उल्लेख गर्दै उनले ‘सीमा, मर्यादा तथा तथ्य बाहिरका अभिव्यक्ति र क्रियाकलाप राेक्नकालागि पनि सचिवालय बैठक नयाँ शैलिमा रूपान्तरण गर्नुपर्ने बताएका थिए ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...