
नयाँ विकल्प
काठमाडाैं- नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला नेता कार्यकता हुलहुज्जत र विराेधा उत्रिन थालेका छन् । एक गुट र अर्काे गुट विच भिडन्तकाे अवस्था सिर्जना भएकाे छ । शनिवार प्रधानमन्त्री ओली पक्षका कार्यकर्ताले चितवनकाे एक कार्यक्रममा नेता सुरेन्द्र पाण्डेमाथी नाराबाजी र हुल हुज्जत गरेपछि विवाद अव कार्यकर्ता तहमा पुगेकाे देखिन्छ ।
पार्टीमा भैरहेकाे यस्ता गम्भिर विषयमा समाधान तर्फ भन्दा उपल्लाे तहका नेता विच आराेप प्रत्याराेप काे श्रृङ्खला सुरू भएकाे छ । चितवनका शनिवार नेता सुरेन्द्र पाण्डेमाथी गरिएकाे दर्व्यावहारमाथी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठकाे वक्तव्यमाथी प्रधानन्त्रीका प्रेश सल्लाहकार सुर्य थापाले विराेध गरेका छन् । यसले पार्टीकाे शिर्ष तहमा रहेकाे असहमति दाेस्राे पुस्तामा पुगेकाे देखिएकाे छ । आराेप प्रत्याराेप लगाउने र दाेस्राे गुट विरूद्द जाइलाग्ने श्रृङखला अव दाेस्राे पुस्तामा पुगेकाे स्प्ट संकेत नेकपामा देखिएकाे छ ।

शनिवार नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई चितवनमा कार्यकर्ताबाट भएको दुर्व्यवहारबारे प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको वक्तव्यप्रति प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले समाजिक सञ्जालमा विराेध जनाएका छन्।
शनिबार राप्ति नगरपालिकामा नेकपाको कार्यक्रममा पाण्डे बोलिरहँदा कार्यकर्ताले ‘पार्टी एकता, जबज र प्रधानमन्त्री ओलीको समर्थनमा’ नारावाजी गरेका थिए। उक्त घटना सुनियोजित भएको भन्दै नेकपा नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति र ट्वीटमार्फत् विरोध गर्दै घटनाको छानविन गर्न माग गरेका थिए।
प्रवक्ता श्रेष्ठले पाण्डेमाथि सुनियोजित दुर्व्यवहार भएको र उक्त घटना अति निन्दनीय र भर्त्सनायोग्य भनेका थिए। प्रवक्ता श्रेष्ठको सोही वक्तव्यपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ट्वीटमा पार्टी एकताको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देखेको भन्दै असन्तुष्टि जनाएका हुन्। ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढ्नु भएको गाडीमाथि ढुंगा प्रहार गरिँदा निदाउनुभएको थियो क्यारे!,’
प्रवक्ता श्रेष्ठको वक्तव्य स्क्रिनसट गर्दै थापाले ट्वीट गरेका छन्, ‘चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नु भएछ। गज्जब छ गुटगत अन्तरदृष्टि र छनोटपूर्ण वक्तव्य बाजी। दुवै स्थायी कमिटी सदस्य- तब न नारायणकाजी।’ नेकपा प्रचार विभागमा श्रेष्ठ प्रमुख र थापा उपप्रमुख छन्।
चरम गुटकाे संकटबाट गुज्रिरहेकाे नेकपा विवाद समाधान तर्फ भन्दा विवाद बढ्ने तर्फ अगाडि बढदै गइरहेकाे बेला जुनसुकै बेला पार्टी फुटन सक्ने अवस्था सिर्जना भएकाे छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...
काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...