
काठमाडाैं- नेत्रविक्रम चन्द (बिप्लव) नेकपाका एक जना सैन्य लडाकु पक्राउ परेका छन । प्रहरीले मोरङको उर्लाबारीबाट हतियारसहित ताप्लेजुङको फक्ताङलुङ्ग गाउँपालिका–२ घर भएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरेको हो
विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका– ६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख (एसपी) सन्तोष खड्काले बताए । पक्राउ गरेर हिरासतमा लिइएका शेर्पा विप्लव समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको उनले जनाएका छन ।
शेर्पाले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि विप्लव समूहको गतिविधी सञ्चालन गरिरहेको प्रहरीले बताएको छ । पक्राउ परेका शेर्पाको साथबाट एउटा पेस्तोल, म्यागजिन र तीन राउण्ड गोली समेत बरामद गरेको छ ।
शेर्पाको साथबाट पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दस्तावेजहरु पनि बरामद भएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पा, विप्लव समूहको सैन्य लडाकु र सेक्सन कमान्डर रहेको समेत प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । शेर्पाविरुद्ध प्रहरीले हातहतियार खरखजना मुद्दामा म्याद थपगरी थप अनुसन्धान बढाईने प्रहरीले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...