बिप्लवका सैन्य कमान्डर शेर्पा हतियारसहित पक्राउ – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

बिप्लवका सैन्य कमान्डर शेर्पा हतियारसहित पक्राउ

नयाँ विकल्प

काठमाडाैं- नेत्रविक्रम चन्द (बिप्लव) नेकपाका एक जना सैन्य लडाकु पक्राउ परेका छन । प्रहरीले मोरङको उर्लाबारीबाट हतियारसहित ताप्लेजुङको फक्ताङलुङ्ग गाउँपालिका–२ घर भएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरेको हो 

विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका– ६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख (एसपी) सन्तोष खड्काले बताए । पक्राउ गरेर हिरासतमा लिइएका शेर्पा विप्लव समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको उनले जनाएका छन । 

शेर्पाले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि विप्लव समूहको गतिविधी सञ्चालन गरिरहेको प्रहरीले बताएको छ । पक्राउ परेका शेर्पाको साथबाट एउटा पेस्तोल, म्यागजिन र तीन राउण्ड गोली समेत बरामद गरेको छ । 

शेर्पाको साथबाट पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दस्तावेजहरु पनि बरामद भएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पा, विप्लव समूहको सैन्य लडाकु र सेक्सन कमान्डर रहेको समेत प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।  शेर्पाविरुद्ध प्रहरीले  हातहतियार खरखजना मुद्दामा म्याद थपगरी थप अनुसन्धान बढाईने प्रहरीले जनाएको छ ।  

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ मंसिर ७, १२: ३९

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ मंसिर ७, १२: ३९

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ मंसिर ७, १२: ३९

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...