मिन विश्वकर्मा – नेता नेपाली काँग्रेस
नेपाली काँग्रेसको संसदीय दलको निर्वाचन हुँदैछ सर्वसम्मत होला ?
सर्वसम्मत हुनुपर्छ भन्ने हामी सबैको अभिमत रहेको छ । अनि सबै पार्टीका नेता माथिल्लो तहदेखि तल्लो तहसम्म सबैको चिन्ता अनि नेपाली काँग्रेस शसक्त भएर जानुुपर्छ । नेपाली काँग्रेसलाई संगठीत गरेर लैजानुपर्छ र शक्तिशाली काँग्रेस बनाउनुपर्छ भन्ने हो ।
सर्वसम्मत बनाउने प्रयास भएको छ छैन् ?
पहिलो कुरा त सर्वसम्मत नेतृत्वको चयन गर्नुप¥यो । सर्वसम्मत नेतृत्व चयन गर्नका लागि प्रयत्न गरिन्छ र सर्वसम्मत भएन भने लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन भई संसदीय दलको नेता चयन हुन्छ । अहिले सभापतिले इच्छा व्यक्त गर्नुभएको हुँदा शिर्षस्त नेतृत्वले ले नेतृत्व गर्नुभयो भने पार्टीलाई समन्वयन गर्न एकता कायम गर्न र राष्ट्रिय राजनीतिलाई निकास दिनका लागि पनि त्यसले सहयोग पु¥याउँछ भन्ने दृष्टिकोण हामीमा हुनुप¥यो ।
तपाईले संसदीय दलको नेता देउवाजीनै हुनुपर्छ भन्ने तर्क दिँदै गर्दा अर्कोतर्फ शेरबहादुर देउवाजी बन्नुहुँदैन, उहाँले अरुलाई छोड्दिनुपर्छ भन्ने तर्क पनि धेरैको आएको हुँदा तपाईले त्यसलाई कसरी हेरीरहनु भएको छ ?
हैन, नेतृत्व बाँडेर वा अधिकार बाँडेर पार्टी एकता हुन्छ ? शंशाक कोइराला महामन्त्रीजीको पनि अभिव्यक्ति सुन्नुभयो होला । “अहिले पार्टी म एक बनाउँछु, पार्टी विभाजित गर्न दिन्न, चुनावमा जाँदा पार्टी विभाजित हन्छ, भनेर उहाँ उठन मान्नु भएन । नेतृत्वले अरु अरुलाई नेतृत्व गर्दा प्रतिस्पर्धा अझ धेरै प्रतिस्पर्धा हुने भएकाले अहिले स्वयम सभापतिजीले नै उम्मेदवारी दिँदा सर्वसम्मत हुन सक्ने अवस्था छ ।” भन्नुभएको छ ।
उसोभए महामन्त्री शंशाक कोइरालाले पनि देउवाजीलाई नै समर्थन गर्नुहोला त ?
उहाँले सभापतिले इच्छा गरीसकेपछि मैले बोल्ने ठाउँ छैन भन्नुभएको छ । अहिले सभापतिजीले नै पार्टीको नेतृत्व गरीराख्नु भएको छ । आवश्यकता पनि सभापतिको हो र उहाँले त्यो जिम्मेवारीलाई ग्रहण पनि गर्नुभएको छ । त्यसैले जसरी निर्वाचनमा हामी दोस्रो पार्टी बन्न पुग्यौ । धेरै मत अन्तरले दोस्रो पार्टी बनेका छौं । अहिले फेरी पनि पार्टीलाई शसक्त बनाएर सबेलाई समेटेर समन्वय गरेर पार्टीलाई अगाडी लैजानुपर्ने भएको हुनाले अहिले सभापतिको नेतृत्व पुनः एक पटक आवश्यकता छ भन्ने हाम्रो धारणा हो । काँग्रेसका कारणले काँग्रेस हारेको होइन । काँग्रेस आफ्नो ठाउँमा शसक्तल रुपमा प्रस्तुत भएकै हो । तर बामगठबन्धनका कारणले देशभरी चुनावमा पराजय भोग्नु परेको छ । त्यसैले यो अप्ठ्यारो अवस्थामा पार्टीमा शिर्षस्त, जिम्मेवार र शक्तिशाली नेतृत्वको खाँचो छ । त्यसो भएको हुनाले २०५१ को परिस्थिति छुट्टै परिस्थिति हो । त्यो स्वयम सभापतिले मध्यवर्तीमा गएर म दुई तिहाई ल्याउँछु भनेर जाँदा उहाँ छलफल हुनु भएको हो ।
तपाई काँग्रेसको नेता पनि भएको हुँदा पार्टी सभापति शेरबहादुर देउवाले पार्टी लथालिङ्ग र भताभुङ्ग पार्नुभयो भन्ने आरोप छ नी ?
खास कुरा के हो भने अहिले त्रिपक्षीय चुनाव थिएन । अहिले सम्पूर्ण शक्तिहरु एक ठाउँ बसेका बेला राजनीति भनेको सिधा मात्रै पनि हिँड्दैन । कहिले काँही घुमाउरो बाटो पनि हिँड्छ । काँग्रेसका पदाधिकारी मनोनयन गर्ने बारेमा पनि स्वयम शेरबहादुर देउवाको मात्रै कारणबाट होईन । यो नियुक्ति हुन नसक्नु आदी इत्यादीमा स्वयम पार्टी भित्रमा पनि जुनजुन भूमिका जुनजुन नेताहरुले खेल्नु भएको छ । त्यसमा उहाँहरुको पनि कारण रहेकै छ । त्यसमा सहमति गरेर जान सकिन्छ । तर हिजो जसरी स्थानीय चुनावमा हामी कसैसँग गठबन्धन गरेर गयौ । गठबन्धन गर्दा पनि स्वयम सभापति दोषी हुने अनि गठबन्धन नगरीकन एक्लै चुनाव लड्दा खेरी स्वयम एउटै व्यक्ति एउटै कारणले दोषी त हुँदैन नी ।
काँग्रेस जसरी चुनाव हा¥यो त्यसको जिम्मेवारी सभापतिले लिने होकी होईन, जिम्मेवार को हो ?
नेपाली काँग्रेसले चुनाव हा¥यो त्यसको नैतिक जिम्मेवारी काँग्रेसलेनै लिनुप¥यो । काँग्रेस अहिले सामूहिक नेतृत्वमा विश्वास गर्ने पार्टी भएको हुनाले अहिले केन्द्रीय कार्य समितिले जिम्मा लिनुुप¥यो । केन्द्रीय र्कासमिति भित्र सभापतिको सबैभन्दा उच्च पद भएको हुँदा उहाँनै बढी जिम्मेवारीमा पर्नुहुन्छ । तर टिकट बाढ्ने बेलामा ४० प्रतिशतको भाग माग्नेले चाँही जिम्मेवारी लिनुपर्दैन । उहाँहरुले पनि यसको जिम्मेवारी लिनुप¥यो नि त । सभापतिले जिम्मेवारी लिन्न भन्नुभएको नि छैन त्यसको गलत सम्प्रेषण पनि नगरौं । यसको जिम्मेवारी म लिन्छु जसरी अनुशासन उल्लङ्घन गरेर पार्टीमा मनपरीतन्त्र चलाउन खोजेको जस्तो देखियो । त्यसको पनि म अनुशासनको दायरामा सबैलाई ल्याउँछु, पार्टीलाई सङ्गठित गर्दै लैजान्छु भन्नुभएको छ । अर्को कुरा पनि के चाँही हो भने आम जनताका बीचमा काँग्रेसको विगतको भन्दा भोट घटेको छैन । गएको निर्वाचनमा काँग्रेसको पक्षमा २९ प्रतिशत मत आइरहेको तपाईले देख्नुभएको छ । उता एमाले पार्टीले ८० सिट ल्याएर पनि उसको मत हाम्रो जति छैन । हामी प्रत्यक्षमा त २३ सिट जित्दा हाम्रो मत उसको भन्दा बढीनै छ । त्यसैले हाम्रो जम्माजम्मी मत ३५८९००० हो । तर ८० सिट जितेको एमालेको ३०७८००० मात्रै मत आएको छ । प्रत्यक्षमा पनि हामी ५११००० मत अगाडी छौं । तर लोकप्रिय मत हुँदाहुँदै पनि अंक गणितिय कुरामा काँग्रेस पछाडी प¥यो, के कारणले प¥यो, वामगठबन्धन बलियो अथवा लोकतान्त्रिक गठबन्धन कमजोर भन्ने होइन । गणितिय हिसाबले मात्र सिट संख्या हामीभन्दा एमालेले बढी जितेको हो । फेरी लोकतान्त्रिक गठबन्धन बनाएर कमल थापासँग मिल्नु हुन्थ्यो, हुँदैनथ्यो त्यसको समिक्षा गर्न बाँकी नै छ । कुन शक्तिले पार्टीलाई हरायो, कतै स्थानीय निर्वाचनमा माओवादीसँग मिल्नु हुँदैनथ्यो भन्ने पनि छ । तर यी सबैको पार्टीले समिक्षा गरेर अगाडी बढ्नु पर्छ भन्ने लाग्छ । यसको सम्पूर्ण जिम्मेवार सभापति मात्र हुन सक्तैन । जब पार्टीको सिट कम आयो अनि त्यसको भार जति सबै पार्टी सभापतिले बोक्नुपर्छ भन्ने तर्क कसरी मिल्छ ?
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.