हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे – Naya Bikalpa
May 16, 2024, Thursday

हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे

नयाँ विकल्प

काठमाडाैं-वैदेशिक रोजगार विभागले दुई दिनमा तीन वटा मेनपावर कम्पनीमा छापा मारेको छ। विभागले लैनचोरस्थित होप इन्टरनेसनल, धापासीको एसओएस मेनपावर र गौरीघाटको डिडी ह्युमन रिसोर्स प्रालिमा छापा मारेको हो। 

होप इन्टनेसनलमा मंगलबार, एसओएस र डिडी ह्युमन रिसोर्समा सोमबार छापा मारिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए। दाहालका अनुसार होप इन्टरनेसनलमा एउटा कूटनीतिक नियोगको गाडी पनि फेला परेको छ। यसकारण सो मेनपावर कम्पनीको क्रियाकलापमा दूतावासको संलग्नता पनि आशंका गरिएको छ।

यी तिनै मेनपावर कम्पनीले डिमाण्ड नभइकन अनधिकृत रूपमा खाडी मुलुक कतारका लागि कामदार छनोट गरेको आरोप विभागको छ। सेक्युरिटी गार्डको रूपमा काम लगाइदिने भन्दै कम्पनीको डिमाण्ड नै नभई कानुन र कानुनी व्यवस्था प्रतिकूल काम गरेको देखिएकाले छापा मारिएको विभागले जनाएकाे छ । 

उनका अनुसार यी मेनपावरले करिब २ हजारको संख्यामा नेपालीलाई अन्तर्वार्ता गरेको शंका छ। यसबारे विस्तृत छानबिन भइरहेको छ। ती मेनपावरले कामदार छनोटमा प्रयोग गरेका कागजात विभागले नियन्त्रणमा लिएको छ। 

होप इन्टरनेसनलमा छापा मार्ने क्रममा ४५-सिडी-००९ नम्बरको कूटनीतिक नियोगको गाडी फेला परेको थियो। यो गाडी कुनै दूतावासको भएकाले यी कार्यमा दूतावास संलग्न भयो कि भन्ने शंका विभागको छ। ‘यसबारे विस्तृत अनुसन्धानपछि भन्न सकिन्छ,’ दाहालले भने।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
  • २०७७ मंसिर ९, १८: ५६

  काठमाडौं। प्रतिनिधिसभाको साँझ ६ बजे बसेको बैठकमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध...

गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
  • २०७७ मंसिर ९, १८: ५६

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित गोतामथोकमा गोतामे गौतम कुल देवता व्यवस्थापन संघको साधारण, सभा तथा संघको...

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
  • २०७७ मंसिर ९, १८: ५६

  विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। कोशी प्रदेशको पर्यटकीयस्थल...