पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी आज नेपाल आउदै छन् । अब्बासी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन नेपाल आउन लागेको बालुवाटार स्रोतले जनाएको छ । दुई दिने नेपाल बसाइका क्रममा प्रधानमन्त्री अब्बासीले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । लामो समय पछि नेपालले स्थायी सरकार पाउने भएपछि अन्तराष्ट्रिय समुदायले पनि निकै महत्वका साथ हेरिरहेका छन् ।
काठमाडौंस्थित पाकिस्तानी दूतावासले प्रधानमन्त्री अब्बासी नेपाल आउन लागेको पुष्टि गरेको छ । दक्षिण एसियलाी सहयोग संगठन (सार्क) को अध्यक्षताका रुची देखाएको पाकिस्तानका प्रधानमन्त्री नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । १८ औं शिखर सम्मेलन आयोजना गरेकाले हालसम्म नेपालले सार्कको अध्यक्षता गर्दै आएको छ । अब १९औं शिखर सम्मेलन भएमा पाकिस्तानले अध्यक्षता गर्ने बताईरहेको छ ।
पाकिस्तानी प्रधानमन्त्री सहीद खाकान अब्बासी सरकारी निमन्त्रणा नभई उनी आप्mनो इच्छाले नेपाल आउन लागेको भएता पनि सार्कशिखर सम्मेलनको बैठक राख्न नेपाल सरकारका तर्फबचाट पाकिस्तानी प्रधानमन्त्रीलाई दबाब दिने बुझिएको छ । यदी पाकिस्तानमा बैठक राख्न भारतले नचाहेमा अन्य देशमा भएपनि सार्क शिखर सम्मेलनको बैठक गर्नुपर्ने जोड प्रधानमन्त्री के.पी. शर्माले दिने बुझिएको छ ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...