कसरी पूरा गर्लान् मन्त्री पण्डितले आफ्नो बोली ? – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

कसरी पूरा गर्लान् मन्त्री पण्डितले आफ्नो बोली ?

जनसंख्या तथा वातावरण मन्त्रीमा नियुक्त भएपछि लालबाबु पण्डितले एक वर्षभित्रमा काठमाडौँलाई माक्समुक्त पार्ने घोषण गरेका छन् । विगतमा सामान्य प्रशासनमन्त्री हुँदा राम्रै काम गरेका पण्डितको घोषणालाई आमनागरिकले विश्वास गरेका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुना मन्त्री पण्डितका लागि एउटा परीक्षाको विषय बन्न सक्ला । अव्यवस्थित व्यवस्थापनका कारण त्यहाँ सेवाग्राहीलाई एकछिन पनि बस्न सक्ने अवस्था छैन । उपत्यकाको धुलोधुवाँ मुक्त अभियान सुरु गर्दा मन्त्री पण्डितलाई यातायात कार्यालय एकान्तकुना बाटै सुरुवात गर्न सेवग्राहीले आग्रह समेत गरेका छन् ।

जनतासँग प्रत्यक्ष सम्पर्क हुने एउटा सरकारी कार्यालयलाई व्यवस्थापन गर्न सके मात्र पनि पण्डितको घोषणामाथि विश्वास गर्न सक्निछ । तर बोल्ने वित्तिकै ‘एक्सन’ लिने मन्त्रीका रुपमा चिनिएका उनले यसपटक काम गर्छन् कि गर्दैनन् त्यो हेर्न बाँकी छ । तर रोमाञ्चक कुरा के हो भने घोषणा गरेको केही दिन पनि बित्न नपाउँदै उनले वातावरण मन्त्रालयको जिम्मेवारी गुमाएका छन् । मन्त्रिपरिषदले मन्त्रालयको संख्या घटाएर १८ कायम गरेपछि उनले सम्हालेको मन्त्रालय अन्तै गाभिएको छ । तसर्थ अबको वातावरण मन्त्रालय जसले सम्हाले पनि उनले धुलो र धुवाँ मुक्त राजधानी बनाउन सके नेपालीजनको लागि ठुलो धर्म र सफल मन्त्रीको उपमा पाउने छन् ।

दिनभरी सडकमा डिउटी गरिरहेका ट्राफिक प्रहरी पनि धुलो र धुवाँको प्रत्यक्ष मारमा परेका छन् । सडक निर्माण, मर्मत र सवारीसाधनको प्रदूषणका कारण हजारौं ट्राफिक प्रहरीको स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ । सडकको जाम नियन्त्रण र सवारी व्यवस्थापनको जिम्मा लिएका ट्राफिक प्रहरी प्रदूषणको पहिलो सिकार बनेका छन् । कत्ति पनि हलचल नगरी १४ घण्टासम्म सडकमा बस्नुपर्ने बाध्यता बोकेका प्रहरी हिजोआज श्वासप्रश्वास, फोक्सोको क्यान्सरजस्ता रोगको सिकार बन्न थालेका छन् । त्यस्तै समस्याबाट आमसर्वसाधारण नागरिक पनि उम्किन सकेका छैनन् ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार काठमाडौंमा ११ लाखभन्दा बढी सवारीसाधन दैनिक गुड्ने गर्दछन् । उपत्यकामा एक हजार ५ सय ९४ किलोमिटर सडक भए पनि सवारीसाधन गुड्ने व्यस्त सडक ४ सय ७२ किलोमिटर मात्र छ । त्यसमा पनि कहिले खानेपानी त कहिले ढल व्यवस्थापनको नाममा सडक खन्ने र त्यसै छोडिदिनाले सडकको अवस्थ बिग्रदो छ भने आम जनतालाई मार परेको छ । तर मन्त्री पण्डितको घोषणा हावादारी सावित हुन सक्छ जब नयाँ वातावरण मन्त्रीले उनको बोलाई पूरा गर्न सक्दैनन् ।

सम्बन्धित समाचार

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७४ फाल्गुन २१, ०८: ४६

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन २१, ०८: ४६

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...

मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन २१, ०८: ४६

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...