सशस्त्र प्रहरीका आठ डीआइजी र एक एसएसपीको काज सरुवा (सूची सहित) – Naya Bikalpa
May 16, 2024, Thursday

सशस्त्र प्रहरीका आठ डीआइजी र एक एसएसपीको काज सरुवा (सूची सहित)

नयाँ विकल्प

काठमाडाैं- गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना  नायब महानिरीक्षक (डीआइजी) र एकजना वरिष्ठ उपरीक्षकको  काज सरुवा गरेको छ । 


गृहमन्त्री रामबहादुर थापाले  बिहीबार मन्त्रिस्तरीय निर्णयर्दै उनीहरुको काज सरुवा गरेका हुन् । 

सशस्त्र प्रहरीको उपत्यका हेर्ने पशुपति बाहिनीको बाहिनीपतिमा सशस्त्र प्रवक्ता रहेका डीआइजी राजु अर्यालको काज सरुवा गरिएको छ । त्यहाँ रहेका डीआइजी प्रविणकुमार श्रेष्ठको बैद्यनाथ बाहिनी मुुख्यालय कैलाली  र त्यही कार्यरत एसएसपी अभिकुमार खत्रीको महेश्वरी बाहिनी मुुख्यालय, सुुर्खेत काज सरुवा भएको छ । खत्रीलाई हाललाई निमित्त बाहिनीपतिको जिम्मेबारी दिइएको हो । 


 यस्तै काज सरुवा हुनेहरुमा सशस्त्र मुख्यालय हल्चोक मानव स्रोतमा रहेका डीआइजी नारायणदत्त पौडेलको मुक्तिनाथ बाहिनी मुुख्यालय पोखरा, कार्य तथा सीमा सुरक्षा विभागमा रहेका डीआइजी चन्द्रप्रकाश गौतम (सीपी) को छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी काज सरुवा भएको छ । 


छिन्नमस्तामा रहेका  डीआइजी कृष्णभक्त बम्हचार्य र बैद्यनाथ बाहिनीका हरिशंकर बुढाथोकीको कार्य तथा सीमा सुरक्षा विभागमा काज सरुवा गरिएको छ । सशस्त्र मुख्यालय हल्चोक मानवस्रोतमा महेश्वरी बाहिनीका हरिश्चन्द्र अधिकारी र मुक्तिनाथ बाहिनीका राजेन्द्र बस्नेतलाई राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको हो ।   
 

गृहले गरेको सशस्त्रका डीआइजीहरुको काज सरुवा सूची । 

सम्बन्धित समाचार

प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
  • २०७७ मंसिर १२, १४: ४१

  काठमाडौं। प्रतिनिधिसभाको साँझ ६ बजे बसेको बैठकमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध...

गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
  • २०७७ मंसिर १२, १४: ४१

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित गोतामथोकमा गोतामे गौतम कुल देवता व्यवस्थापन संघको साधारण, सभा तथा संघको...

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
  • २०७७ मंसिर १२, १४: ४१

  विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। कोशी प्रदेशको पर्यटकीयस्थल...