सशस्त्र प्रहरीका आठ डीआइजी र एक एसएसपीको काज सरुवा (सूची सहित) – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

सशस्त्र प्रहरीका आठ डीआइजी र एक एसएसपीको काज सरुवा (सूची सहित)

नयाँ विकल्प

काठमाडाैं- गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना  नायब महानिरीक्षक (डीआइजी) र एकजना वरिष्ठ उपरीक्षकको  काज सरुवा गरेको छ । 


गृहमन्त्री रामबहादुर थापाले  बिहीबार मन्त्रिस्तरीय निर्णयर्दै उनीहरुको काज सरुवा गरेका हुन् । 

सशस्त्र प्रहरीको उपत्यका हेर्ने पशुपति बाहिनीको बाहिनीपतिमा सशस्त्र प्रवक्ता रहेका डीआइजी राजु अर्यालको काज सरुवा गरिएको छ । त्यहाँ रहेका डीआइजी प्रविणकुमार श्रेष्ठको बैद्यनाथ बाहिनी मुुख्यालय कैलाली  र त्यही कार्यरत एसएसपी अभिकुमार खत्रीको महेश्वरी बाहिनी मुुख्यालय, सुुर्खेत काज सरुवा भएको छ । खत्रीलाई हाललाई निमित्त बाहिनीपतिको जिम्मेबारी दिइएको हो । 


 यस्तै काज सरुवा हुनेहरुमा सशस्त्र मुख्यालय हल्चोक मानव स्रोतमा रहेका डीआइजी नारायणदत्त पौडेलको मुक्तिनाथ बाहिनी मुुख्यालय पोखरा, कार्य तथा सीमा सुरक्षा विभागमा रहेका डीआइजी चन्द्रप्रकाश गौतम (सीपी) को छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी काज सरुवा भएको छ । 


छिन्नमस्तामा रहेका  डीआइजी कृष्णभक्त बम्हचार्य र बैद्यनाथ बाहिनीका हरिशंकर बुढाथोकीको कार्य तथा सीमा सुरक्षा विभागमा काज सरुवा गरिएको छ । सशस्त्र मुख्यालय हल्चोक मानवस्रोतमा महेश्वरी बाहिनीका हरिश्चन्द्र अधिकारी र मुक्तिनाथ बाहिनीका राजेन्द्र बस्नेतलाई राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको हो ।   
 

गृहले गरेको सशस्त्रका डीआइजीहरुको काज सरुवा सूची । 

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ मंसिर १२, १४: ४१

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ मंसिर १२, १४: ४१

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ मंसिर १२, १४: ४१

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...