नेकपा सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै, दुई अध्यक्षकाे वेग्ला वेग्लै प्रतिवेदनमाथी छलफल हुने । – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

नेकपा सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै, दुई अध्यक्षकाे वेग्ला वेग्लै प्रतिवेदनमाथी छलफल हुने ।


नयाँ विकल्प
काठमाडाैं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुइ अध्यक्ष विचकाे आराेप प्रत्याराेपका विच सचिवालय बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने जनाइएकाे छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका बेग्लाबेग्लै प्रस्तावमाथि आज बस्ने सचिवालय बैठकमा छलफल हुने बताइएकाे छ । गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै पार्टीमा राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपा विवादले नयाँ माेड लिएकाे छ ।

उता प्रधानमन्त्री समेत रहेका ओलीले गत शनिबार प्रचण्डकाे १९ पेज लामाे प्रस्तावमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी प्रतिवेदन सचिवालयमा पेश गरिसकेका छन्।


उक्त प्रताव अध्ययन गर्न सचिवालय सदस्यलाई आजसम्म समय दिइएको थियो। अध्यक्ष ओलीसहित उनी पक्षका नेताहरूले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने बताउँदै आएका छन् भने प्रचण्डसहित नेताहरूले उक्त प्रस्तावमाथि सचिवालयमा छलफल हुनुपर्ने अडान राखेका छन्।

नेकपाका केही नेताहरूले दुवै अध्यक्षका प्रस्तावलाई समेटेर साझा प्रस्ताव ल्याउनुपर्ने पनि धारणा राखेका छन्। पछिल्लो समय अध्यक्षद्वय ओली र प्रचण्डबीच सम्बन्ध चिसिएको छ। स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली तयार नभएको भन्दै प्रचण्डसहित उनी पक्षका नेताको भनाइ छ।

सम्बन्धित समाचार

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ मंसिर १६, ११: ०७

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ मंसिर १६, ११: ०७

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ मंसिर १६, ११: ०७

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...