मुक्तिनाथ विकास बैंकले कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । बुधबार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले उद्घाटन गरेका हुन् । कार्यक्रमको सभापतित्व बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले गरेका थिए ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले स्वागत मन्तव्यसहित बैंकको अवस्था र भावी योजनाका बारेमा मन्तव्य राखेका थिए भने आफ्नो मन्तव्यको क्रममा उनले मुक्तिनाथ विकास बैंकलाई वर्तमान अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गरे ।
त्यसैगरी, उनले बैंकले अवलम्बन गरेको आदर्श र समावेशी वित्तीय सेवा हाल देशको आवश्यकता भएको र आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा थप लगानी विस्तार गरी अग्रणी बैंकको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यत्त गरे । उक्त अवसरमा प्रमुख अतिथि दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ क्षेत्रमा आफूले कार्य गर्दा सिकेका अनुभवहरूलाई आजको वित्तीय क्षेत्रको विकाससंग तुलना गर्दै देश विकासमा बैंकिङ र वित्तीय क्षेत्रको योगदानको बारेमा चर्चा गरेका थिए ।
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय कर...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १२.७९ अंकले घटेर...