
नयाँ विकल्प
काठमाडाैं -विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण गरी विवेकशील साझा पार्टी घोषणा गरिने भएको छ। बुधबार अपरान्ह ३ बजे घोषणा कार्यक्रम हुनेछ। कोरोनाभाइरस महामारी रहेकोले जुममार्फत् नै दल एकीकरण घोषणाको कार्यक्रम गर्न लागिएको हो।
अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने गरि सहमति भएकाे छ । दुवै दलबाट केन्द्रीय समितिमा ६५/६५ जना रहने गरि जनाइएकाे छ । पार्टीकाे नाम विवेकशील साझा र चुनाव चिन्ह तराजु राख्ने यी दलबीच सहमति भइसकेको छ। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले दुई पार्टी एक हुन लागेको बताएका छन्।
संयोजक मिश्रले अस्तित्वमा रहन मात्रै नभई नेतृत्वमा पुगेर देशमा सुशासन, सम्वृद्धि र स्वाभिमान स्थापित गर्न पार्टी जन्मिएको उल्लेख गरेका छन्। ‘हामी केवल ‘अस्तित्व’मा रहन होइन, ‘नेतृत्व’मा पुगेर यो देशमा सुशासन, संवृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी हौँ। एकताका लागि प्रेरित र सहयोग गर्ने सबैप्रति आभारी छौँ,’ उनले भने।
एक भएपछि विवेकशील साझा पार्टीले छ महिनाभित्र एकता महाधिवेशन गर्ने बताएको छ। यी दुई दल २०७४ साउन ११ गते पनि एक भएका थिए। २०७५ पुसमा यो दल फुटेको थियो। यी दुई दल गत वैशाखदेखि नै एकताको प्रक्रियामा अगाडि बढेका थिए। पार्टी एकताप्रति असन्तुष्ट रहेका विवेकशील नेपाली दलकी उपाध्यक्ष अजीता राईसहित १३ जनाले हालै एकतामा सहभागी नहुने बताएका थिए।
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...