मंसिर २९ को प्रदर्शन भब्य र प्रभावकारी बनाउन केन्द्रीय नेतालाई खटाउने कांग्रेसको निर्णय – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

मंसिर २९ को प्रदर्शन भब्य र प्रभावकारी बनाउन केन्द्रीय नेतालाई खटाउने कांग्रेसको निर्णय


नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठकले आगामी मंसिर २९ गते सरकारका खराब क्रियाकलापका बिरुद्ध आयोजना गर्ने विरोध प्रदर्शनलाई भब्य र प्रभावकारी बनाउने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीकलण्ठमा बिहीबार बिहान बसेको बैठकमा मंसिर २९ को सरकाविरोधी प्रदर्शनमा पार्टीका सबै तह र इकाई तथा भ्रातृ र शुभेच्छुक संस्थाका कार्यकर्तालाई उतार्ने तयारीको विषयमा छलफल भएको थियो ।

आन्दोलन प्रारम्भिक चरण भएकाले आवश्यकता अनुसार जिल्लाहरुमा केन्द्रीय नेताहरुलाई सरकारविरुद्धको प्रदर्शनमा खटाउने निर्णय गरेको हो ।

केही जिल्लामा नेताहरुको इच्छाअनुसार र केहीमा आवश्यकता अनुसार केन्द्रबाट नेताहरु खटाउने निर्णय भएको सहमहमन्त्री डा. प्रकाशशरण महतले बताए ।

मंसिर १९ गते बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध ७७ वटै जिल्लाहरुमा मंसिर २९ गते विरोध प्रदर्शनको निर्णय गरेको थियो ।

तनहुँमा मंसिर १७ गते कांग्रेस नेता रामचन्द्र पौडेललाई व्यास नगरपालिकाको बुल्दी खोलामा निर्माण सम्पन्न भएको पुल उद्घाटन गर्न जाँदा प्रहरीले पक्राउ गरेपछि कांग्रेस सरकारको दमनकारी व्यवहारका बिरुद्ध आन्दोलनमा उत्रने योजनामा लागेको हो ।

देशका विभिन्न स्थानमा सरकारबाट गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध विरोध प्रदर्शन गर्ने कांग्रेसको भनाइ छ ।

बुढानिलकण्ठमा भएको सो बैठकमा सभापति देउवा र नेता पौडेलका साथै उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान सिंह, सहमहामन्त्रीद्वय डा. महत र सुनिलबहादुर थापा, पूर्वसहमहामन्त्री डा. रामशरण महत र अर्जुननरसिंह केसी लगायतका नेता उपस्थित थिए ।

सम्बन्धित समाचार

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ मंसिर २५, १३: १९

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ मंसिर २५, १३: १९

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ मंसिर २५, १३: १९

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...