
नयाँ विकल्प,
काठमाडौं –भारतीय कर्मचारीलाई पोर्टोकल बेवास्ता गर्दै तारन्तार औपचारिक भेट दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार भने भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चाथाईवालेसँग भेट गरेका छन् ।
नेपालको छिमेकी देश भारतसँगको कुटनीतिक सम्वन्ध विगत एक वर्षदेखि विग्रदै आएपछि प्रधानमन्त्री ओलीले झण्डै डेढ महिनामा तीन जना भारतीय कर्मचारीसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरेका थिए ।
तर, प्रधानमन्त्री ओलीले बिहीबार भने भारतीय सत्तारुढ दलका विदेश विभाग प्रमुख चौथाईवालेसँग पार्टी महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगै राखेर भेट गरेका छन् ।
भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्दै नेपाली भूमिबाटै चीनसम्म जोड्ने सडकको उद्घाटन गरेपछि नेपाल सरकारले औपचारिक रुपमा आपत्ति जनाउँदै कुटनीतिक नोट पठाउने र संविधान संशोधन गरी ति भूभाग समेटेको नक्सा जारी गर्दा दुई देशबीचको सम्वन्ध धुमिल भएको थियो ।
भारतसँगको सम्वन्ध सुधार गर्न प्रधानमन्त्री ओलीले नेपालीका परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीदेखि बिदेश मामिला सल्लाहकार राजन भट्टराईसम्मलाई भारत पठाएका थिए ।
कहिले कसलाई भेटे ओलीले ?
दुई देशबीचको कुटनीतिक सम्वन्ध सुधार गर्ने उदेश्यले प्रधानमन्त्री ओलीले नेपालका लागि भारतीय राजदूत बिनयमोहन क्वत्रादेखि भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेसम्मलाई भेटेका थिए ।
भारतीय सरकारसँग सम्वन्ध सुधार गर्ने हेतुले गत कात्तिक ५ गते राति भारतीय गुप्तचर संस्था रअ (रिसर्च एण्ड एनालाईसिस विङ) का प्रमुख सामन्त गोयलसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेका थिए ।
त्यस्तै, कात्तिक १९ गते नेपालको औपचारिक भ्रमणमा आएका भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवाणेसँग कात्तिक २० गते भेटेका थिए । त्यस्तै मंसिर ११ गते नेपाल आएका भारतीय विदेश सचिव हर्षवद्धन श्रृंगलासँग भेटेका थिए ।
सेनाध्यक्ष नरवाणे राजनीतिक व्यक्ति नभएर सरकारका जंगी सेवाको सचिव सरहका कर्मचारी हुन भने श्रृंगला सचिव स्तरकै कर्मचारी हुन । नेपालका लागि भारतीय राजदूत क्वत्रा र रअका प्रमुख गोलय सहसचिव स्तरका कर्मचारी हुन ।
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...
काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावका बीच कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...