
नयाँ बिकल्प,
काठमाडौं –सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले गत कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावमा आफूविरुद्ध लाञ्छना मात्र लगाइएको भन्दै त्यस्तो ‘आरोप पत्र’ फिर्ता नभएसम्म बैठकमा उपस्थित नहुने बताउँदै आएका थिए ।
आइतबार बोलाइएको स्थायी कमिटी बैठक छल्ने उदेश्यले ओलीले बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलएको संवैधानिक परिषद्को बैठकमा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि ओली पार्टी बैठकमा गएका थिए ।
आइतबार बोलाइएको स्थायी कमिटी बैठक छल्ने उदेश्यले ओलीले बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलएको संवैधानिक परिषद्को बैठकमा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि ओली पार्टी बैठकमा गएका थिए ।

स्थायी कमिटी बैठकमा पार्टी केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत हुने निश्चय भएपछि ओली आइतबारको बैठकमा गएका थिए । बैठकमा केन्द्रीय सदस्य लामाको निधनपछि प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जोडेर आएका सूचनाको खण्डन गरेका थिए ।
बैठकपछि नेकपा प्रवक्ता श्रेष्ठले गत बुधबार निधन भएका लामाको सुशन कर्माचार्यसँग भएको लेनदेनको विषयमा श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर चरित्र हत्या गर्न खोजिएको भन्दै भ्रममा नपर्न भनेका थिए ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...
काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...