पाउडर दुध बनाउने रसायनकाे अभावले आयोजना बन्द, किसानको दूध विक्नै छाड्याे – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

पाउडर दुध बनाउने रसायनकाे अभावले आयोजना बन्द, किसानको दूध विक्नै छाड्याे

नयाँ विकल्प

इलाम- किसानले उत्पादन गरेको दूध बिक्न छोडेपछि किसान चिन्तित भएका छन् । विराटनगरस्थित दुग्ध वितरण आयोजनामा केमिकल सकिएको भन्दै दूध बन्द गरेपछि किसान चिन्तित भएका हुन् ।

आयोजनाको पाउडर प्लान्ट बन्द भएपछि इलामबाट दूध निकासी बन्द भएको छ । गत मङ्सिर २५ गतेबाट दूध बिक्री बन्द भएपछि इलामका किसानले उत्पादन गरेको दूध खेर जाने स्थितिमा पुगेको छ । कतिपय किसानले निजी डेरीमा दूध बेच्न थालेका छन् भने कतिपयले दूध घरमै बिग्रिएको बताउन थालेका छन् ।

विभिन्न दुग्घ उत्पादक सहकारीमार्फत सङ्कलन भएको दूध चिस्यान केन्द्र हुँदै विराटनगर दुग्घ वितरण आयोजनामा पुग्ने गरेको थियो । आयोजनाको पाउडर प्लान्टमा चाहिने रसायन नभएपछि गत मङ्सिर २५ गतेदेखि इलामबाट विराटनगर दूध निकासी बन्द भएको हो । दूध बिक्री बन्द हुँदा इलामका किसान मारमा परेका छन् ।

दूध किसान धातृप्रसाद निरौलाले दैनिकी आम्दानीका रुपमा बिक्री हुँदै आएको दूध बिक्न छोडेपछि समस्या आएको गुनासाे गरे । उनले यस्तो समस्या तत्काल नहटे आफूहरुले उत्पादन गरेको दूध खेर जाने बताए । पाउडर प्लान्टमा चाहिने रसायन भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताइएको छ ।

विराटनगर दुग्घ वितरण आयोजनाले भारतबाट ल्याउँदै गरेको रसायन ल्याउन नसक्दा यहाँका किसानले दूध बेच्न नपाएका हुन् । रसायन आउनासाथ सम्पूर्ण सङ्कलन केन्द्रबाट दूध लिन शुरु गरिने आयोजनाले जानकारी दिएको छ ।

आयोजनाले दूध पाउडर उत्पादनका साथै दैनिक उपभोक्तालाई दूध बिक्रीसमेत गर्दै आएको चिस्यान केन्द्र इलामका प्रमुख नन्दकुमार कोइरालाले जानकारी दिए । इलामका विभिन्न दुग्घ उत्पादक सहकारीमार्फत सङ्कलन भई दैनिक १६ हजार लिटर दूध विराटनगर निकासी हुने गरेको छ ।

इलाम बाहेक पाँचथर, झापा, सुनसरी, धनकुटा जिल्लाबाट समेत दूध सङ्कलन हुने गरेकामा हाल दूध सङ्कलन बन्द भएको छ । तत्काल रसायन ल्याएर समस्या समाधानमा लाग्नुपर्ने किसानको माग छ । किसानले दैनिक उत्पादन गर्ने वस्तु बिक्री गर्न नपाउँदा समस्या आएको भन्दै स्थानीय र प्रदेश सरकारले पहल गरेर भए पनि समस्या समाधान गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ पुष १, १४: १३

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ पुष १, १४: १३

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ पुष १, १४: १३

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...