संघीय संसदको विशेष होइन, नियमित अधिवेसन बोलाउः कांग्रेस – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
नेपाली कांग्रेस संसदीय दलको बैठकः उपसभामुखको निर्वाचन नभएसम्म सदन अबरोध गर्ने

संघीय संसदको विशेष होइन, नियमित अधिवेसन बोलाउः कांग्रेस



नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसले सत्ता र शक्तिको भागबण्डालाई लिएर आन्तरिक कलहमा डुवेको सरकारसमक्ष संघीय संसदको नियमित अधिवेशन बोलाउन माग गरेको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बिहान बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसदको नियमित बैठक बोलाउन माग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जनाए ।

बैठकले प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषद् सम्वन्धी कानून परिवर्तन गर्ने गरी ल्याइएको अध्यादेश लोकतान्त्रिक मुल्य र मान्यताबिपरित रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको छ । सो अध्यादेश फिर्ता लिन सत्तारुढ दलका सांसदहरुले नै राष्ट्रपतिलाई गुहारेका थिए ।

परिषद् बैठकमा पेश गरिने एजेण्डाका विषयमा जानकारी नदिने, परामर्श र छलफल नगर्ने तथा कार्यविधि अनुसार ४८ घण्टाअघि खबर समेत नगर्ने एवम् एकलौटी रुपमा संवैधानिक निकायमा आफू निकटका पार्टी कार्यकर्तालाई भर्ती गर्ने प्रधानमन्त्री ओलीको योजनाप्रति परिषद सदस्यले नै आपत्ति जनाएका छन् ।

परिषद् सदस्यहरु सभामुख खग्नीप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा परिषद् बैठकमा अनुपस्थित हुँदै आएका थिए ।

यस्तै, कांग्रेसले संघीय संसदको प्रतिनिधि सभाको उपसभामुख चयन नभएसम्म संसदको आगामी हिउँदे अधिवेशन अबरुद्ध गर्ने निष्कर्ष निकालेको छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य रहने प्रावधान छ ।

संविधान अनुसार नेकपाको तर्फबाट सभामुखमा अग्नीप्रसाद सापकोटा निर्वाचित भएपछि उपसभामुखमा नेकपाबाहेकको दलकी महिला सांसद सदस्य निर्वाचित गर्नु पर्ने हुन्छ ।

यस्तो अवस्थामा परिषद्मा उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता आफू अनुकुल चलाउन नपाउने भन्दै प्रधानमन्त्री ओलीले कायम रहेको सदस्य संख्याको बहुमतले समेत निर्णय गर्नसक्ने प्रावधान राख्दै परिषद सम्वन्धी अध्यादेश जारी गराएका थिए ।

कांग्रेस संसदीय दलले विशेष अधिवेशन निश्चित विषयमा छलफ गरी टुंगोमा पुर्याउनको लागि मात्र केन्द्रीत हुने भएकाले विशेष महाधिवेशन नभइ नियमित अधिवेशन बोलाउन माग गरेको छ ।

आगामी हिउँदे अधिवेशनमा उपसभामुखको निर्वाचन सम्वन्धी कार्यसूची नल्याएमा सदनको कारबाही अघि बढ्न नदिने पक्षमा कांग्रेस पुगेको हो । यसअघि कांग्रेस सांसद तथा यूवा नेता गगनकुमार थापाले उपसभामुखको निर्वाचन नभएसम्म सदन चल्न नदिने र अध्यादेश फिर्ता नलिएसम्म परिषद् बैठकमा दलका नेता तथा सभापति देउवा जान नहुने भन्दै सामाजिक संजालमार्फत आव्हान गरेका थिए ।

सम्बन्धित समाचार

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ पुष ३, १५: ००

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ पुष ३, १५: ००

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ पुष ३, १५: ००

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...