महाभियोग विरुद्धको सुनुवाईका लागि ट्रम्पले दुई वकील नियुक्त गरे – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

महाभियोग विरुद्धको सुनुवाईका लागि ट्रम्पले दुई वकील नियुक्त गरे

नयाँ विकल्प

एजेन्सी- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाईका लागि प्रतिरक्षा गर्न दुई जना वकील नियुक्त गरेका छन् ।

पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध एक कार्यकालमै दुई पटक महाभियोग लागेको थियो । ट्रम्पले नियुक्त गरेका वकीलहरुमा डेभिड सोएन र ब्रुस एल. क्यास्टर जुनियर रहेका छन् । विगतमा ट्रम्पसँग रहेका कतिपय वकीलले विदा लिइसकेकाले थप दुई वकील राख्नु परेको हो ।

अमेरिकी सिनेटमा आगामी फेब्रुअरी ८ देखि महाभियोगमाथि सुनुवाई हुँदैछ । ट्रम्पको गत जनवरी २० मा कार्यकाल समाप्त भए पनि अमेरिकी संसद भवनमा ट्रम्पको उक्साहटमा आक्रमण भएको भन्दै डेमोक्रेट पार्टीले उनी विरुद्ध अविश्वास प्रस्ताव अघि बढाएको छ । अमेरिकी तल्लो सदनले महाभियोग लगाउने प्रस्ताव स्वीकृत गरी सिनेटमा पठाइसकेको छ ।

अमेरिकी संविधान र कानुन बमोजिम सिनेटको दुई तिहाईले पारित गरेमा मात्र कुनै पनि राष्ट्रपति विरुद्ध महाभियोग पारित हुने प्रावधान छ । सिनेटमा हाल रिपब्लीकन र डेमोक्रेटिक पार्टीबाट समान ५०–५० सदस्य रहेकाले ट्रम्प विरुद्धको महाभियोग पारित हुने सम्भावना भने कम रहेको छ ।

हालसम्म पाँच जना रिपब्लीकन सिनेटर सदस्यले मात्र ट्रम्प विरुद्धको महाभियोग लगाउनु पर्ने मत सार्वजनिक गरेका छन् । महाभियोग पारित हुन अझै १७ रिपब्लीकन सिनेटरले समर्थन जनाउनु पर्नेछ, जुन निकै कठिन छ ।

सम्बन्धित समाचार

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७७ माघ १९, १६: २०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७७ माघ १९, १६: २०

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०७७ माघ १९, १६: २०

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...