प्रचण्डको चेतावनी – अबको आन्दोलनले बालुवाटार र सिंहदरबार घेर्छ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper
उपत्यकामा प्रचण्ड– माधव पक्षको विशाल प्रदर्शन

प्रचण्डको चेतावनी – अबको आन्दोलनले बालुवाटार र सिंहदरबार घेर्छ


नयाँ बिकल्प,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन विरुद्धको अबको आन्दोलन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र प्रशासनिक केन्द्र सिंहदरबार घेर्नमा केन्द्रीत हुने चेतावनी दिएका छन् ।

काठमाडौंमा प्रचण्ड माधव समूहले आयोजना गरेको विरोधसभालाई दाहालले भने, ‘सभा कस्तो हुन्छ ? ओलीजील भन्नु हुन्थ्यो, कस्तो भयो देख्नुभयो? विरोध कस्तो हुन्छ? हामी आज यहाँ साथीहरूको जानकारी अनुसार ५ लाख हाराहारी उपस्थित भएका छौँ।’

‘सर्वोच्च अदालतका न्यायधीहरूले पनि जनताले के चाहेका छन् भन्ने देखिसकेका छन्,जनताको शान्तिपूर्ण आन्दोलनको यो उपस्थितिले संविधान र जनताको पक्षमा निर्णय गर्न सहयोग पुग्छ’ दाहालले भने ।
‘सर्वोच्च अदालतको निर्णय जनताको पक्षमा आएन भने नेपालमा कसैले थेग्न नसक्ने आँधी हुरी आउँछ’ उनले भने, ‘ओलीको सनकको भरमा डराएर कसैले फैसला गर्दैनन् । जनताको आवाज नसुनेर ओलीको सनकलाई कसैलाई मान्दैनन् ।’

उनले प्रधानमन्त्री ओलीलाई ठगको अरोप लगाएका छन् । दाहलले जनतालाई ओलीले एकपछि अर्को मुद्दामा ठगेको आरोप लगाए । ‘केपी ओलीजस्तो ठग नेतालाई मैले दुई वर्षमा राम्रोसँग चिनेको छु । अहिले राम मन्दिरको नाममा जनतालाई ठगिरहेका छन्’, दाहालले भने ।

उनले आवश्यक परे जनताले बालुवाटार र सिंहदरबार पनि घेर्ने भन्दै केही दिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौंलाख जनता आउने र अर्को आमसभा आयोजना गर्ने चेतावनी दिए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७७ माघ २८, १६: ५३

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ माघ २८, १६: ५३

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ माघ २८, १६: ५३

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...