नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने


नयाँ बिकल्प,

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो नभएसम्म प्रचण्ड–माधव समूह वा ओली समूह कसैलाई पनि तत्काल समर्थन नगर्ने भएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा पार्टीको धारणा बनाउको लागि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरी संसदीय प्रक्रिया शुरु भएपछि मात्र थप निर्णय गर्ने निष्कर्ष निकालेको हो ।

कांग्रेस नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया सुरु भएपछि मात्र पार्टीले आगामी कदमका बारेमा निर्णय गर्ने बताए । उनले संसदीय प्रक्रिया केही सुरु नभएसम्म कांग्रेसले गर्ने भूमिका केही नभएकाले संसदीय प्रणालीको प्रक्रिया शुरु भएपछि मात्र कांग्रेसले उचित निष्कर्ष निकाल्ने सहमति भएको बैठकपछि संचारकर्मीलाई जनाए ।

पौडेलले प्रतिनिधि सभा पुनस्र्थापना गरेर सर्वाेच्च अदालतले देशलाई ठूलो संकटबाट जोगाएको भन्दै अदालतले लोकतन्त्र र संसदीय प्रणालीलाई बचाएको प्रतिक्रिया दिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिएरमात्रै प्रतिनिधि सभाको बैठकमा आउन सक्ने पनि बताए । नैतिकता हो भने आफैँले भंग गरेको संसद्मा ओली जान नसक्ने उनले दाबी गरे ।

कांग्रेस पदाधिकारी बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले परिस्थितिअनुसार पार्टीले निर्णय लिने सर्वसम्मत निष्कर्ष निकालेको जनाए ।

कानूनी रुपमा नेकपा पार्टी र संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली नै भएकाले कुन नेकपासँग सहकार्य गर्ने, सरकारमा जाने कि नजाने जस्तो विषयमामा छलफल नै नभएको डा. महतले प्रतिक्रिया दिए ।

उनले त्यस्तो सहकार्यका विषयमा छलफल गर्नु कांग्रेसका लागि हतारो हुने बताए । कानुनी आधार तयार नभई आफूहरुले ओलीसँग सहकार्य गर्ने कि प्रचण्ड माधवसँग भन्ने कुरामा छलफल गर्नुको औचित्य नभएको बताए ।

यसअघि पार्टी सभापति देउवासँग प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि विकसित घटनाक्रमका बिषयमा छलफल गर्न नेकपाको प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुधबार कुरा गर्न बुढानिलकण्ठ पुगेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन १३, २३: ०३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन १३, २३: ०३

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन १३, २३: ०३

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...