नेकपा ओली समूहकी जिल्ला सदस्य रहेकी न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउपछि प्रहरी तनावमा – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

नेकपा ओली समूहकी जिल्ला सदस्य रहेकी न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउपछि प्रहरी तनावमा


नयाँ बिकल्प,
तुलसीपुर – पुनरावेदन अदालतका एक न्यायाधीशकी श्रीमती समेत रहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको दाङ जिल्ला कमिटी सदस्य तुलसा पोख्रेललाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेपछि उनलाई छाड्न प्रहरीमाथि दबाब आएको छ ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङको नेकपा ओली समूहको जिल्ला कमिटीमा रहेकी ४२ बर्षीय तुलसा पोखरेललाई फसाइएको भन्दै नेकपा ओली समूहका नेताहरुले उनलाई छाड्न प्रहरीलाई दबाब र धम्की दिन थालेका छन् ।

आइतबार दिउँसो पक्राउपछि इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखिएकी पोखरेललाई म्याद थपेर थप अनुसन्धान गर्नका लागि प्रहरीले सोमबार बिहान ११ बजे नै जिल्ला अदात घोराही पठाएको प्रहरीले जनाएको छ ।

उच्च अदालत सुर्खेतको जुम्ला इजलाशका न्यायाधीश मदन पोख्रेलकी कान्छी श्रीमती तुलसा पोखरेलले आफूलाई फसाइयो भन्दै प्रहरीले नियन्त्रणमा लिन खोज्दा समेत प्रहरीको गाडीमा चढ्न मानेकी थिइनन् ।

थुनुवा कक्षमा धेरै रौइ कराई गरेपछि उनी आइतबार राति बेहोस भएको प्रहरीले जनाएको छ । प्रहरीले पोखरेलको घरभित्रै हरेको स्कुटरबाट उनैलाई चाबी प्रयोग गरी डिक्की खोल्ल्न लगाउँदा डिक्कीभित्र ब्राउन सुगर फेला परेपछि उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले लागूू औषधसहित पक्राउ गरिएकोले छाड्न नमिल्ने भन्दै अनुसन्धानमा सघाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन १७, १३: ५२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन १७, १३: ५२

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन १७, १३: ५२

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...