नयाँ दिल्लीमा कोठी चलाउने चमेली प्रहरीकाे फन्दामा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

नयाँ दिल्लीमा कोठी चलाउने चमेली प्रहरीकाे फन्दामा

नयाँ विकल्प
काठमाडाैं- भारतको नयाँ दिल्लीमा कोठी चलाउँदै आएकी नुवाकोटकी सीता तामाङ भन्ने रूकमाया तामाङ (चमेली) लाई प्रहरीले पक्राउ गरेको छ।

भारतकाे राजधानी नयाँ दिल्लीको जिबी रोड ५६ नम्बरको गल्लीमा कोठी चलाउँदै आएकी दुप्चेश्वर नगरपालिका-२ की ६२ वर्षीया चमेलीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले नुवाकोट प्रहरीको सहयोगमा आइतबार पक्राउ गरेको हाे ।

पक्राउ परेकी तामाङलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान अगाडि बढाएको छ। चमेलीकी युवतीहरूलाइ राम्राे तलबमा जागिर लगाइदिने भन्दै भारतमा लगेर वेश्यावृतिमा लगाउने गरेकी थिइन् ।

प्रहरीका अनुसार चमेलीले किशोरीलाई पानीमा औषधि मिसाएर खुवाई बेहोस बनाएर भारतसम्म पुर्‍याए गरेकाे अनुसन्धानबाट खुलेकाे छ । चमेलीविरूद्ध पीडित किशोरीले जाहेरी दिएपछि प्रहरीले उनी नेपाल आएको मौकामा पक्राउ गरेकाे हाे ।

मानव बेचबिखनमा संलग्न रहेका अन्यको खोजी गरिरहेको प्रहरीले जनाएको छ। चमेलीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७७ फाल्गुन २८, १४: ५८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७७ फाल्गुन २८, १४: ५८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ फाल्गुन २८, १४: ५८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...