
नयाँ विकल्प
काठमाडाैं- भारतको नयाँ दिल्लीमा कोठी चलाउँदै आएकी नुवाकोटकी सीता तामाङ भन्ने रूकमाया तामाङ (चमेली) लाई प्रहरीले पक्राउ गरेको छ।
भारतकाे राजधानी नयाँ दिल्लीको जिबी रोड ५६ नम्बरको गल्लीमा कोठी चलाउँदै आएकी दुप्चेश्वर नगरपालिका-२ की ६२ वर्षीया चमेलीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले नुवाकोट प्रहरीको सहयोगमा आइतबार पक्राउ गरेको हाे ।
पक्राउ परेकी तामाङलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान अगाडि बढाएको छ। चमेलीकी युवतीहरूलाइ राम्राे तलबमा जागिर लगाइदिने भन्दै भारतमा लगेर वेश्यावृतिमा लगाउने गरेकी थिइन् ।
प्रहरीका अनुसार चमेलीले किशोरीलाई पानीमा औषधि मिसाएर खुवाई बेहोस बनाएर भारतसम्म पुर्याए गरेकाे अनुसन्धानबाट खुलेकाे छ । चमेलीविरूद्ध पीडित किशोरीले जाहेरी दिएपछि प्रहरीले उनी नेपाल आएको मौकामा पक्राउ गरेकाे हाे ।
मानव बेचबिखनमा संलग्न रहेका अन्यको खोजी गरिरहेको प्रहरीले जनाएको छ। चमेलीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार थप अनुसन्धान भइरहेको छ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...