
नयाँ बिकल्प,
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुक्रबार बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्न सकेन ।
नयाँ सत्ता समीकरणका लागि निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा रहेको जसपा नेपालले अहिलेसम्म आफ्नै संसदीय दलको नेता चयन गर्न सकेको छैन । संसदीय दलको नेताका लागि महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, डा बाबुराम भट्टराई आकांक्षी छा् ।
जसपा एकीकरण पूर्व ठाकुर तत्कालिन राष्ट्रिय जनता पार्टी (नेपाल) को समेत संसदीय दलका नेता थिए भने यादव तत्कालिन जनता समाजवादी पार्टी संसदीय दलका नेता थिए ।
महतो तत्कालिन राजापा संसदीय दलका आकांक्षी थिए भने पूर्वप्रधानमन्त्री भट्टराई एक्लो संसदीय दल नयाँ शक्ति पार्टीका सांसद थिए । बैठकमा संसदीय दलको विधानसमेत प्रस्तुत भएको थियो । विधान अध्ययन गरी अर्को बैठकमा पारित गर्ने जनाइएको छ ।
जसपा नेपालका शीर्ष नेताहरु शुक्रबार नै नेपाली काँग्रेससँग छलफल गर्न काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ गएका छन् ।
छलफल गर्नका लागि जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतका नेताहरु बूढानीलकण्ठ पुगेका छन् ।
जसपा नेपालका सांसद राजकिशोर यादवले जसपालाई सत्ताको लागि प्रयोग भएको आरोप लाग्ने गरेकोले अब नेतृत्व गर्ने तयारी भइरहेको बताए । उनले काँग्रेस र एमालेसँग जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रस्ताव गर्ने बताए ।
तर जसपा नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादवले भने केपी ओली नेतृत्वको सरकारमा जान नसकिने बताइसकेका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...