
नयाँ बिकल्प,
काठमाडौं –प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालाई आफूलाई थाहै नदिई भेला गरे कारबाहीको चेतावनी दिएका छन् ।
असन्ुतष्ट नेता नेपाल र खनालले बुधबार र बिहीबार राजधानीको सानेपा हाईटस्थित हेरिटेज व्याङक्वेटमा बोलाएको दुई दिने विशाल कार्यकर्ता भेला रोक्ने उदेश्यले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रममा यस्तो चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको चियापान कार्यक्रममा बरिष्ठ नेताहरु नेपाल, खनालसहित असन्तुष्ट नेताहरु उपस्थित थिएनन् । एमालेका निवर्तमान सचिव योगेश भट्टराईले आव्हान गरेको एक अपिलमा चैत ४ र ५ गते विशाल कार्यकर्ता भेलामा सहभागी हुन आव्हान गरिएको छ ।
बिहान ११ बजे प्रधानमन्त्री ओलीले बोलाएको चियापान कार्यक्रममा नेपाल र खनालसहितका असन्तुष्ट नेता अनुपस्थित भएपछि ओलीले तिब्र असन्तुष्टि जनाए ।
‘प्रधानमन्त्री र पार्टी अध्यक्षले बोलाएको चियापानमा उहाँहरु नजाने रे । कसले कहाँ बोलायो भने उहाँहरु आउने हो ?’ नेपाल र खनालप्रति लक्षित गर्दै ओलीले भने, ‘चियापानमा नआए पनि उहाँहरुले त्यो भेला गर्नु हुुन्छ कि हुन्न त्यो हेर्नु छ’, ओलीले भने ।
उनले बुधबार र बिहीबार पार्टीलाई थाहै नदिई गरिएको कार्यकर्ता भेला नरोकेमा वा गुटगत भेला गरेमा अनुशासनको कारबाही हुने चेतावनी दिए । उनले भने‘म पार्टीका सबै नेता र कार्यकर्तालाई आव्हान गर्न र सचेत गर्न चाहन्छु कि त्यस्तो भेलामा नजानुु होला ।’
ओलीले पार्टीलाई धम्क्याएर, ठेगान लगाउने कुरा नसोच्न नेतालाई चेतावनी दिए । ‘एकताबिरोधी क्रियाकलाप गर्न, पार्टीमा भाँडभैलो मच्चाउन दिईंदैन । यदि कसैले अनुशासनहिन काम गरेमा पार्टी विधान र संसदीय दलको बिधान अनुसार काम गरिन्छ । पार्टीमा मनगरी गर्ने छुट कसैलाई छैन् ।’
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...