
नयाँ बिकल्प,
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार राष्ट्रपति निवास महाराजगंजमा बोलाएको सर्बदलिय बैठकमा एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल अनुपस्थित भएका छन् ।
संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आफू बंगलादेशको औपचारिक भ्रमणमा जानुअघि छलफलका लागि राष्ट्रपति भण्डारीले शितल निवासमा बोलाएकी थिइन् ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको थियो ।
भोली र पर्सी हुने नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा व्यस्त रहेकाले पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेताद्वय नेपाल र खनाल राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नगएको केन्द्रीय सदस्य विष्णु रिजालले जनाए ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा सर्वदलिय बैठक बोलाएर कुनै सुझाव नलिएको तर एमालेमा बिभाजन आउन लाग्दा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा पर्दा छलफलको लागि बोलाएको भन्दै सार्वजनिक रुपमा टिप्पणी भइरहेको छ ।
राष्ट्रपति भण्डारीले बोलाएको सर्बदलिय छलफलमा एमाले ओली समूहबाट प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा ‘बादल उपस्थित थिए ।
त्यस्तै, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र देव गुरुङ थिए ।
जनता समाजवादी पाछर्टीका अधयक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव र नेता राजेन्द्र महतो, राष्टिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी, राप्रपाबाट अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नेमकिपाका सांसद प्रेम सुवाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी उपस्थित थिए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...