
नयाँ बिकल्प,
काठमाडौं । सत्तारुढ नेकपा एमालेको ओली समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटका पत्रकारहरुले नेपाल पत्रकार महासंघको आगामी चैत ७ गते नेतृत्व चयनका लागि हुने निर्वाचनमा गठबन्ध गरेर अघि बढ्ने सहमति गरेको एक सातापछि नै अन्य पाँच संगठनले अर्को मोर्चाबन्दी गरेका छन् ।
राजनीतिक दल र तीनका नेताको प्रस्ताव, समर्थन र संरक्षणमा गत साता एमाले ओली गुट निकटको प्रेस चौतारी, कांग्रेस निकटको नेपाल प्रेस युनियन, राप्रपा निकटको प्रेस सेन्टरसहितका पाँच वटा पत्रकारका संगठनले गठबन्धन गरेर जाने घोषणा गरेका थिए ।
एक सातापछि नै एमालेको माधवकुमार नेपाल समूह निकटका प्रेस चौतारी र नेकपा माओवादी केन्द्र निकटको प्रेस सेन्टर, राष्ट्रिय जनमोर्चा निकटको प्रगतिशिल पत्रकार संघ, नेकपा मोहन बैद्य समूह निकटको क्रान्तिकारी पत्रकार महासंघ र नेकपा विप्लव समुह निकटको जनपत्रकार संगठनबीच मंगलबार गठबन्धन गरेर जाने सहमति गरेका छन् ।
माओबादी केन्द्रसँग नजिक रहेको प्रेस संगठनका संयोजक महेश्वर दाहाल, एमालेको नेपाल समूह निकटको प्रेस चौतारीका महासचिव राजेश राई, जनमोर्चा निकटको प्रगतिशिल पत्रकार संघका उदय जीएम, बैद्य समुह निकटको क्रान्तिकारी पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नारायण पंगेनी र विप्लव समूह निकटको जनपत्रकार संगठनका संयोजक शेरबहादुर विकले संयुक्त हस्ताक्षर गरी गठबन्धनको घोषणा गरेका छन् ।
उनीहरुले श्रमजीवि पत्रकारहरुको हक हितको पक्षमा विगतदेखि आन्दोलनरत रहेको र महासंघको निर्वाचनमा समेत विगतको सहकार्यलाई निरन्तरता दिने, महासंघको सबै तहको संरचनामा विभिन्न जाति, भाषा, क्षेत्र र लैगिंकरुपमा अधिकतम साझा र समावेशी बनाउने घोषणा गरेका छन् ।
उनीहरुले पत्रकारको पेशागत एवम् भौतिक सुरक्षाको लागि खबरदारी गर्ने, प्रेस स्वतन्त्रताबिरोधी कानूनको खारेजी गर्ने तथा महासंघको निर्वाचनलाई सहमतीय प्रणालीबाट सम्पन्न गर्न सबै पक्षसँग अपिल गरेका छन् ।
प्रेस युनियनको नेतृत्वमा नेपाल पत्रकार महासंघमा प्रतिष्पर्धामा लागेको समूहलाई प्रेस सेन्टरको नेतृत्वमा हुन लागेको गठबन्धनले चुनौति दिने आंकलन गरिएको छ । खासगरी सत्तारुढ नेकपा एमालेको माधव नेपाल र झलनाथ खनालको गुटले पत्रकारहरुलाई आफूसँग कति तान्न सक्छ त्यसमै यो संगठनको शक्ति आर्जन हुने देखिन्छ ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...