नेपाल–खनालको राष्ट्रिय भेलामा मोहनचन्द्रदेखि राधाकृष्ण र सिद्धिलालसहित पाका नेता – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

नेपाल–खनालको राष्ट्रिय भेलामा मोहनचन्द्रदेखि राधाकृष्ण र सिद्धिलालसहित पाका नेता


नयाँ बिकल्प,
काठमाडौं – सत्तारुढ नेकपा एमालेको माधव कुमार नेपाल र झलानाथ खनाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिस्ट नेताहरु मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सिद्धिलाल सिंहदेखि मोदनाथ प्रश्रितसम्मका पाका नेता उपस्थित भएका छन् ।

ललितपुरको सानेपास्थित हेरिटेज बैक्वेटमा बुधबार दिउँसोदेखि शुरु राष्ट्रिय भेलामा पुराना कम्‍युनिस्ट नेताहरु अधिकारी, मैनाली, सिंह, प्र्रश्रितदेखि कमल कोइराला मञ्चमा देखिएका छन् ।

निर्दलिय पञ्चायति व्यवस्थाको समयमा झण्डै १७ वर्ष जेल बसेका अधिकारीलाई तत्कालिन नेकपा माले र पछि एमालेका नेता कार्यकर्ताले उनलाई नेपाली राजनीतिका ‘नेल्सन मण्डेला’ भनेर संवोधन गर्दथे ।

त्यस्तै, २०४६सालको जनआन्दोलनमा बाममोर्चाको तर्फबाट नेतृत्व गरेकी सहाना प्रधानका सच्चा सारथीको रुपमा राधाकृष्ण मैनालीले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

२०२८ मा झापा विद्रोहपछि १४ वर्ष जेलजीवन बिताएका मैनाली एमालेमा रहँदा दुईपटक र एमाले विभाजनपछि मालेबाट एकपटक मन्त्रीसमेत बनेका थिए ।

नेता अधिकारी तत्कालिन नेकपा मालेको शीर्ष नेतृत्वमा हुँदा उनीसँगै केपी शर्मा ओली राजनीतिमा लागेका थिए । अर्का नेता सिद्धीलाल सिंह २०४६सालको जनआन्दोलन हुँदा उपत्यकाको आन्दोलनको कमाण्डर थिए ।

मोदनाथ प्रश्रित पंचायतकालमा बामपन्थी नेता, बुद्धिजीवि र साहित्यकारको रुपमा स्थापित नेता हुन् । यस्ता पाका नेताको उपस्थितिले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँग चिढिएका नेपाल र खनालाई निकै उर्जा मिलेको बिश्लेषण गर्न थालिएको छ ।

ओलीले पार्टी विसर्जन गर्न लागेः खनाल

भेलालाई संवोधन गर्दै नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गरेको आरोप लगाएका छन्।

बुधबार एमालेको नेपाल–खनाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि विधान र नवौं महाधिवेशनको निर्णय अनुसार अगाडि बढ्नुपर्नेमा ओली जथाभावी निर्णय गर्दै अघि बढेको आरोप लगाए ।

फागुन २८ गते प्रधानमन्त्री ओलीले आफूपक्षीय नेताको मात्र उपस्थितिमा एमालेको पदाधिकारी खारेज गर्ने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र विधान संशोधन गर्ने निर्णय गरेका थिए ।

खनालले अध्यक्ष ओलीले चालेको कदम र आगामी दिनमा पार्टीले चाल्नुपर्ने कदमबारे राष्ट्रिय भेलाले दिने निश्कर्ष अनुसार अघि बढ्ने बताए ।

कार्यक्रममा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे लगायतका नेताहरु प्रधानमन्त्री ओलीले पार्टीको बिधि र विधान मिच्दै निरंकुस हुँदै गएको आरोप लगाए ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ चैत्र ४, १३: ५८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ चैत्र ४, १३: ५८

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ चैत्र ४, १३: ५८

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...