बिराटनगरका संस्थापक मेयर तथा कांग्रेस नेता असोक कोइरालाको निधन – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

बिराटनगरका संस्थापक मेयर तथा कांग्रेस नेता असोक कोइरालाको निधन


नयाँ बिकल्प,

काठमाडौं – नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङको १९ वर्षसम्म सभापति भएका बिराटनगर नगरपालिकाका संस्थापक मेयर तथा राष्ट्रिय सभाका पूर्वसासद असोक कोइरालाको बिहीबार बिहान निधन भएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा संविधान सभा सदस्य तथा नेपाल विद्याथर्गी संघका संस्थापक कोइरालाको आज बिहीबार विहान १ बजे ७७ वर्षको उमेरमा विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि मंगलबार न्यूरो अस्पतालमा भर्ना भएका कोइरालालाई निमोनिया भएको र स्वासप्रस्वासमा समस्या भएको भन्दै चिकित्सकले बुधबार भेण्टिलेटरमा राखेर उपचार गरेका थिए ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शुशिल कोइरालाका सहोदर भाई असोक पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र समेत थिए ।

कोइरालाले प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय रहँदा ७ वर्ष जेल जीवन बिताएका थिए । कांग्रेसको विभिन्न तहमा रहेर संगठन निर्माण गर्न र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अग्रज र निष्ठावान नेतृत्वलाई पार्टीले गुमाएको नेपाली कांग्रेसले जनाएको छ ।

कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना मित्र अशोक कोइरालाको निधनको खबरले निकै मर्माहत भएको जनाएका छन् ।

उनको निधनले नेपाली कांग्रेसले एक असल र निष्ठावान अग्रज व्यक्तित्वसँगै मोरङको भूगोलले एक सरल राजनीतिकर्मी गुमाएको देउवाले जनाएका छन् ।

कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले असोक कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनले पार्टी र देशका लागि दिएको योगदान सदा अनुकरणीय र स्मरणीय रहेको जनाएका छन् ।

स्वर्गीय कोइरालाको पार्थिव शरिरलाई आज १ देखि २ बजेसम्म कोइरालाको निजी निवास मधुमारामा राखिने भएको छ । त्यसपछि आजै विराटनगरको हाटखोलास्थित विश्रन्ति घाटमा अन्त्येष्टि गरिने पत्रकार शेखर रेग्मीले जनाए ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ चैत्र ५, १२: ४६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ चैत्र ५, १२: ४६

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ चैत्र ५, १२: ४६

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...