
नयाँ बिकल्प,
काठमाडौँ – नेकपा (एमाले)का संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको दलको बैठकमा असन्ुतष्ट नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका सांसदहरु गएनन् ।
प्रधानमन्त्री ओलीले दलको बैठक बिहीबार बिहान ११ बोलाए पनि दिउँसो १ बजेमात्र बैठक शुरु भएको थियो । बैठकमा नेपाल–खनाल समूहका अधिकांस सांसदहरु गएका छैनन । नेपाल–खनाल समूहले ललितपुुरको एक बैंक्वेटमा दुई दिने भेला हिँजो र आज बोलाएका थिए ।
नेपाल समुहका अधिकांस सांसद अनुपस्थित भए पनि सो समूहका सांसदहरु लालबाबू पण्डित, तुलसी थापा, नन्दा चपाइँ, गंगा चौधरी, माया ज्ञवाली, सबिना हुसैन, गोपाल बम र बिष्णु शर्मा सहभागी भएको सांसद महेश बस्नेतले दावी गरेका छन्।
थापा र ज्ञवाली बामदेव गौतम निकटका हुन भने पण्डित नेपाल निकटका नेता हुन् । प्रधानमन्त्री ओलीले संसद सचिवालयले उपलब्ध गराएको दलको कार्यालय र सभाकक्षमा बैठक नराखी सरकारी निवास बालुवाटारमा बैठक डाकेका थिए ।
नेपाल र खनाल समूहले ओली समूहको अतिवाद र अत्याचारविरुद्ध भन्दै ललितपुरमा दुई दिने भेला चलाई रहँदा ओलीले एक्कासी संसदीय दलको बैठक बोलाए पनि आफूहरु उपस्थित हुन नसक्ने बुधबार नै नेपाल पक्षका नेता योगेश भट्टराईले जानकारी दिएका थिए ।
ओलीले मंगलबार गरेको चियापान समारोहमा माधव नेपाल पक्षका कोही पनि नेताहरु नगएपछि ओली झन आक्रोशीत हुँदै भेलामा गए अनुसासनको कारबाही भोग्नु पर्ने चेतावनी दिएका थिए ।
चार महिनापछि गत सोमबार ओली र नेपालबीच पार्टी मुख्यालय धुम्बाराहीमा छलफल भए पनि त्यसले कुनै सहमति गर्न सकेन । एमालेले संसदीय दलको विधान समेत नबनाएकोले नेपाल समूहका सांसदलाई अनुशासनको कारबाही गर्न भने त्यति सजिलो छैन् ।
ओलीले गत फागुन २८ गते एकपक्षिय ढंगले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष र महासचिव बाहेक अरु पद खारेज गरेपछि अब बालुवाटार जानुको अर्थ नभएको बताउँदै आएको छ ।
दलको बैठकमा भाग लिन सानेपाको हेरिटेज गार्डेनबाट बालुवाटार हिँडेका सांसद गणेश पहाडी भने सिंहदरबारबाटै फर्किएको जनाएका छन् । उता बालुवाटार पुगेकी नेपाल पक्षधर सांसद गंगा चौधरीले आफू झुक्किएर बालुटार पुगेको भन्दै फर्किएकी छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...