रामचन्द्रले किन बोलाए गुटको भेला ? – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

रामचन्द्रले किन बोलाए गुटको भेला ?

Ram Chandra Paudel (NC leader)


नयाँ बिकल्प,

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू निकटका केन्द्रीय सदस्यहरुको गुट भेला बोलाएका छन् ।

पौडेल निवास बोहोराटारमा आइतबार दिउँसो २ बजे पौडेलले बोलाएको भेलामा सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नबोलाएको, प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढाल्न अग्रसरता नदेखाई मौनता साँधेको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

पौडेल निकटका नेताहरु सभपाति देउवाले १४ औं महाधिवेशन तयारीका लागि आवश्यक तयारी गृहकार्य नगरेको ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार बनाउको लागि कुनै पहल नगरी मौन बसेर ओली सरकारलाई नै सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन् ।

महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा गत साता भएको बैठकमा प्रधानमन्त्रीबाट ओलीको विकल्प खोज्नुपर्ने पौडेलले बताएका थिए । बैठक सकेर उनले सभापति देउवालाई फोन गरेर सरकारको नेतृत्व कांग्रेसले लिने गरी माओवादी केन्द्र र जसपासँग कुराकानी गर्न भनेका थिए।

सभापति देउवाले भने परिस्थिति अनुकूल भइनसकेको र संसदमा अझै पनि ओली बहुमतमा रहेको भन्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएकोले अहिले परिस्थिति परिपक्क भइनसकेको बताउँदै आएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ चैत्र ८, १५: २६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ चैत्र ८, १५: २६

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ चैत्र ८, १५: २६

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...