कांग्रेस जिल्ला सदस्य कुँवरसहित २ को होली खेल्ने क्रममा बिबाद हुँदा हत्या – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

कांग्रेस जिल्ला सदस्य कुँवरसहित २ को होली खेल्ने क्रममा बिबाद हुँदा हत्या

नयाँ बिकल्प,
काठमाडौ – नेपाली कांग्रेस जिल्ला कार्य समिति बागलुङका सदस्य प्रकाश कुँवर र अर्का एक युवा दीपक नेपालीको होली खेल्ने क्रममा आइतबार हत्या भएको छ ।

बागलुङ जिल्लाको गुल्मी र प्यूठानसंग सीमा जोडिएको बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा भएको असमझदारी र झगडाका क्रममा कुँवगर र नेपालीको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

उनीहरुलाई योजनाबद्ध षडयन्त्रबाट हस्ता हत्या गरिएको हुन सक्ने भन्दै नेपाली कांग्रेसले गहिरो अनुसन्धान गरी दोषीहरुलाई अविलम्ब पक्राउ गर्न माग गरेको छ ।

‘कुँवर र नेपाली दुई युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन घटनाको वास्तविकता सार्वजनिक गर्न नेपाली कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसंग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न पार्टीको बागलुङ जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेलसहितको समूह सोमबार बिहान घटनास्थल गएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ चैत्र १६, १२: ३०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ चैत्र १६, १२: ३०

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ चैत्र १६, १२: ३०

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...