
नयाँ बिकल्प,
काठमाडौं – नेकपा माओवादी केन्द्रले चार जना प्रदेश सांसदलाई पदमुक्त गरेको छ । ती प्रदेश सांसदलाई पदमुक्त गर्न प्रदेश संसद सचिवालयलाई नेकपा माओबादी केन्द्रले जानकारी गराएपछि उनीहरु स्वत पदमुक्त हुने छन् ।
नेकपा माओवादी केन्द्र प्रदेश नं. १ को संसदीय दलको नेता समेत रहेका टंक आङ्बोहाङ नेकपा एमाले प्रवेश गरेसँगै मन्त्री पद पनि पाएका थिए । माओबादी केन्द्रको प्रदेश नं १ संसदीय दलले उनलाई स्पष्टिकरण समेत सोधेको थियो । तर, उनले त्यसको जवाफ दिएका थिएनन् ।
यस्तै, नेकपा माओबादी केन्द्रबाटै लुम्विनी प्रदेश सांसद भएका दधिराम न्यौपाने र दिनेश पन्थीलाई पनि माओबादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलले निकालेको छ । त्यस्तै कर्णाली प्रदेश संसदीय दलले धर्मराज रेग्मीलाई पनि दलबाट पदमुक्त गरेको छ ।
माओबादी केन्द्रबाट संघीय संसदको सदस्य भएका टोपबहादुर रायामाझी, प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी लगायत माओबादी छाडेर एमाले प्रवेश गरेसँगै मन्त्री पदमा छन् । उनीहरुको विषयमा भने माओबादी केन्द्रले केही निर्णय गरेको छैन् ।
२०७४ साल मंसिरमा भएको संघीय संसद र प्रदेश संसदको चुनावमा तत्कालिन एमाले र माओबादी केन्द्रले गठबन्धन गरी साझा उम्मेदवार उठाएका थिए । दुवै दल गरी करिव २ तिहाईको बहुमत प्राप्त भएसँगै २०७५ जेठ २ गते तत्कालन एमाले र माओबादी केन्द्रबीच एकीकरण भएको थियो ।
एमाले र माओबादीबीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखिएको थियो । २०७७ साल पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग गर्ने निर्णय गरेपछि नेकपाका पूर्वमाओबादी पृष्ठभूमि भएका र पूर्वएमालेको माधव नेपाल झलनाथ खनाल निकटका नेताले पार्टी विभाजनको प्रयास गरेका थिए ।
तर गत फागनु दोश्रो साता सर्वोच्च अदालतले ओली र प्रचण्डले नेतृत्व गरेको नेकपालाई आधिकारिकता नदिई ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो ।
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...
काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...
काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...