काठमाडौं । युवा लिग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । ११औँ सिजनको आइपीएल अन्तर्गत शनिवार सन्दीप दिल्ली डेयरडेभिल्सको पहिलो रोजाईँमा परेसँगै सन्दीपले उक्त उपलब्धी हासिल गरे ।
आइपीएलमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेसँगै चर्चामा आएका सन्दीपले डेब्यु गर्न भने ११ खेल बेन्चमा बसेर कुर्नुप¥यो । सन्दीपले विराट कोहलीको रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध आइपीएलमा डेब्यु गरे ।
सन्दीपले आइपीएल खेल्नुसँग अर्को संयोग पनि जोडिएको छ । यसअघि नै सोचेजस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमण सकाएर शनिवारै फर्कनु र सन्दीपले खेल्न पाउनुमा पनि संयोग जोडिएको हो ।जारी सिजन ११ खेलबाट ६ अंक मात्र जोडेको दिल्ली अंक तालिकामा पूछारमा छ । घरेलु मैदान फिरोज शाह कोत्लामा दिल्लीले टस हारेर पहिले ब्याटिङ गर्दैछ । सन्दीपको पालो ब्याटिङमा आएपनिर नआएपनि उनले बलिङ भने पक्कै गर्नेछन् ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...