काठमाडौं । युवा लिग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । ११औँ सिजनको आइपीएल अन्तर्गत शनिवार सन्दीप दिल्ली डेयरडेभिल्सको पहिलो रोजाईँमा परेसँगै सन्दीपले उक्त उपलब्धी हासिल गरे ।
आइपीएलमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेसँगै चर्चामा आएका सन्दीपले डेब्यु गर्न भने ११ खेल बेन्चमा बसेर कुर्नुप¥यो । सन्दीपले विराट कोहलीको रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध आइपीएलमा डेब्यु गरे ।
सन्दीपले आइपीएल खेल्नुसँग अर्को संयोग पनि जोडिएको छ । यसअघि नै सोचेजस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमण सकाएर शनिवारै फर्कनु र सन्दीपले खेल्न पाउनुमा पनि संयोग जोडिएको हो ।जारी सिजन ११ खेलबाट ६ अंक मात्र जोडेको दिल्ली अंक तालिकामा पूछारमा छ । घरेलु मैदान फिरोज शाह कोत्लामा दिल्लीले टस हारेर पहिले ब्याटिङ गर्दैछ । सन्दीपको पालो ब्याटिङमा आएपनिर नआएपनि उनले बलिङ भने पक्कै गर्नेछन् ।
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा साबिक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि...
गुल्मी : गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको...
काठमाडौं : नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन...