
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको सामना गर्न नसकेर संसदको हिउँदे अधिवेशनको अन्त्य गरेर निरसंकुसता देखाएको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौं शाखाले सोमबार नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमा आयोजित कार्यक्रममा नेता सिंहले संसदको अधिवेशन स्थगित गरेर सरकारले आफ्नो कायरता प्रदर्शन गरेको टिप्पणी गरे ।
संसद अधिवेशन अन्त्यलाई संसदीय ब्यवस्थामाथिको प्रहार भन्दै सिंहले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई सर्वोच्च अदालतले अबैधानिक घोषणा गरिसक्दा समेत नैतिकता गुमाएर पदमा बसिरहेको बताए ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज दिउँसो १ बजेदेखि अन्त्यको लागि गरेको सिफारिस धारा ९३ को उपधारा २ बमोजिम राष्ट्रपतिबाट अन्त्य गरेको थियो ।
नेता सिंहले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुुश लगाउने प्रयास गरिरहेको बताए । उनले प्रेस स्वतन्त्रताविरोधी सरकारको कदमको प्रतिवाद गर्नुपर्ने बताए । ‘सरकारले राजनैतिक, र नैतिक दृष्टिकोणबाट सरकारमा रहिरहने वैधानिकता गुमाइसकेको छ’ उनले भने ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...