
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको सामना गर्न नसकेर संसदको हिउँदे अधिवेशनको अन्त्य गरेर निरसंकुसता देखाएको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौं शाखाले सोमबार नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमा आयोजित कार्यक्रममा नेता सिंहले संसदको अधिवेशन स्थगित गरेर सरकारले आफ्नो कायरता प्रदर्शन गरेको टिप्पणी गरे ।
संसद अधिवेशन अन्त्यलाई संसदीय ब्यवस्थामाथिको प्रहार भन्दै सिंहले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई सर्वोच्च अदालतले अबैधानिक घोषणा गरिसक्दा समेत नैतिकता गुमाएर पदमा बसिरहेको बताए ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज दिउँसो १ बजेदेखि अन्त्यको लागि गरेको सिफारिस धारा ९३ को उपधारा २ बमोजिम राष्ट्रपतिबाट अन्त्य गरेको थियो ।
नेता सिंहले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुुश लगाउने प्रयास गरिरहेको बताए । उनले प्रेस स्वतन्त्रताविरोधी सरकारको कदमको प्रतिवाद गर्नुपर्ने बताए । ‘सरकारले राजनैतिक, र नैतिक दृष्टिकोणबाट सरकारमा रहिरहने वैधानिकता गुमाइसकेको छ’ उनले भने ।
काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो...
काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने...
काठमाडौं : नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अभियान सञ्चालन गर्ने भएको...