गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले दिए राजीनामा, कांग्रेस नेतृत्वकाे पहिलाे प्रदेश सरकार बन्ने संभावना – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले दिए राजीनामा, कांग्रेस नेतृत्वकाे पहिलाे प्रदेश सरकार बन्ने संभावना


नयाँ विकल्प,


काठमाडाैं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले दिए राजीनामा दिएका छन् ।

उनकाे राजीनामा आजै स्विकृत समेत भैसकेकाे छ । गुरूङकाे राजीनामा दिएसंगै प्रमुख प्रतिक्षी नेपाली कांग्रेस नेतृत्वमा पहिलाे प्रदेश सरकार बन्ने संभावना बढेकाे छ ।

गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अल्पमतमा परेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएको बताएका छन्। ‘उहाँलाई अल्पमतमा परेछु भन्ने बल्ल लागेछ, त्यही भएर राजीनामा आयो’, उनले भने, ‘तीन दिनभित्र हामी नयाँ सरकार बनाउँछौं।’

मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन्। संसदको हिउँदे अधिवेसन चल्दाचल्दै अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले बैशाख १ गते प्रदेश सभाको अधिवेसन अन्त्य गरिदिएका थिए।

बैसाख २ गते अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका विपक्षी दलहरुले त्यही प्रयोजनका लागि संसदको विशेष अधिवेसन आह्वान गर्न प्रदेश प्रमुखलाई निवेदन दिएका थिए। सोही निवेदनका आधारमा बैशाख १३ गतेदेखि संसदको विशेष अधिवेसन चलेको थियो।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ बैशाख २६, १८: १५

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ बैशाख २६, १८: १५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०७८ बैशाख २६, १८: १५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...