
नयाँ विकल्प,
काठमाडाैं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले दिए राजीनामा दिएका छन् ।
उनकाे राजीनामा आजै स्विकृत समेत भैसकेकाे छ । गुरूङकाे राजीनामा दिएसंगै प्रमुख प्रतिक्षी नेपाली कांग्रेस नेतृत्वमा पहिलाे प्रदेश सरकार बन्ने संभावना बढेकाे छ ।
गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अल्पमतमा परेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएको बताएका छन्। ‘उहाँलाई अल्पमतमा परेछु भन्ने बल्ल लागेछ, त्यही भएर राजीनामा आयो’, उनले भने, ‘तीन दिनभित्र हामी नयाँ सरकार बनाउँछौं।’
मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन्। संसदको हिउँदे अधिवेसन चल्दाचल्दै अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले बैशाख १ गते प्रदेश सभाको अधिवेसन अन्त्य गरिदिएका थिए।
बैसाख २ गते अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका विपक्षी दलहरुले त्यही प्रयोजनका लागि संसदको विशेष अधिवेसन आह्वान गर्न प्रदेश प्रमुखलाई निवेदन दिएका थिए। सोही निवेदनका आधारमा बैशाख १३ गतेदेखि संसदको विशेष अधिवेसन चलेको थियो।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...