विश्वासको मतमा जसपाले ह्वीप नलगाउने, सांसदले मनखुसी मतदानगर्न पाउने – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

विश्वासको मतमा जसपाले ह्वीप नलगाउने, सांसदले मनखुसी मतदानगर्न पाउने


नयाँ विकल्प,


काठमाडाैं-संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि सोमबार प्रतिनिधि सभा हुने मतदानमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने भएको छ।

जसपा नेता बाबुराम भट्टराईको टोखास्थित निवासमा आइतबार दिउँसो बसेको जसपा पदाधिकारी बैठकले सांसदहरूलाई उनीहरूकै विवेकले निर्णय गर्न दिने निर्णय गरेको हो।


विवेकको मत प्रयोग गर्न दिने निर्णय भएकाे बैठकमा सहभागी एक नेताले बताए । उनले भोलि ओली सरकार गिर्ने र त्यसपछि अरू कुरा हुने बताए। ‘भोलि सरकार गिर्छ। त्यसपछि अरू कुरा हुन्छ। हाम्रो पक्षले देउवालाई सहयोग गर्छ,’ उनले भने। भनेपछि भोलि त कसको पक्षमा कति छन् भनेर देखाउने परीक्षाको घडी भयो हैन भन्ने प्रश्नमा उनले भने- त्यस्तै भन्न पर्‍यो।

ओली सरकारको निरन्तरता कि नयाँ सरकार भन्नेबारे जसपामा दुई लाइन छन्। ठाकुर र महतो लामो समयदेखि प्रधानमन्त्री ओलीसँग नजिक भएका छन् भने नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराई जसरी पनि ओलीलाई फाल्नु पर्ने पक्षमा छन्।

ओलीले विश्वासको मत नपाए भट्टराई र यादवसहितको समर्थनमा नयाँ सरकार बनाउने पहल देउवाले गरिरहेका छन्।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ बैशाख २६, १८: २१

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ बैशाख २६, १८: २१

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०७८ बैशाख २६, १८: २१

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...