
नयाँ विकल्प,
काठमाडाैं-संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि सोमबार प्रतिनिधि सभा हुने मतदानमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने भएको छ।
जसपा नेता बाबुराम भट्टराईको टोखास्थित निवासमा आइतबार दिउँसो बसेको जसपा पदाधिकारी बैठकले सांसदहरूलाई उनीहरूकै विवेकले निर्णय गर्न दिने निर्णय गरेको हो।
विवेकको मत प्रयोग गर्न दिने निर्णय भएकाे बैठकमा सहभागी एक नेताले बताए । उनले भोलि ओली सरकार गिर्ने र त्यसपछि अरू कुरा हुने बताए। ‘भोलि सरकार गिर्छ। त्यसपछि अरू कुरा हुन्छ। हाम्रो पक्षले देउवालाई सहयोग गर्छ,’ उनले भने। भनेपछि भोलि त कसको पक्षमा कति छन् भनेर देखाउने परीक्षाको घडी भयो हैन भन्ने प्रश्नमा उनले भने- त्यस्तै भन्न पर्यो।
ओली सरकारको निरन्तरता कि नयाँ सरकार भन्नेबारे जसपामा दुई लाइन छन्। ठाकुर र महतो लामो समयदेखि प्रधानमन्त्री ओलीसँग नजिक भएका छन् भने नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराई जसरी पनि ओलीलाई फाल्नु पर्ने पक्षमा छन्।
ओलीले विश्वासको मत नपाए भट्टराई र यादवसहितको समर्थनमा नयाँ सरकार बनाउने पहल देउवाले गरिरहेका छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...