
नयाँ बिकल्प,
विपक्षी जनता समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा पेश गरेको विश्वासको मत दिने प्रस्तावको पक्ष र विपक्ष कतै पनि भोट नदिने बताए ।
अध्यक्ष ठाकुरले जसपा सांसद रेशम चौधरी जेलमा रहेको, प्रदेश सांसद र नगरपालिकाका मेयरहरु तारिख धाईरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना १२० कार्यकर्ताको मुद्धा फिर्ता लिएको भन्दै धन्यबाद भने दिए ।
उनले संविधानमा पुरा समय काम गर्नको लागि संविधानको धारा ७६ बनाइएको हो । तर त्यो धाराले काम नगरेको भन्दै संविधानमा गम्भीर त्रुटिहरु देखा परिरहेको दाबी गरे ।
उनले भने ‘हाम्रा मुद्धाहरुलाई संवोधन गर्न प्रमुख प्रतिपक्षी दलका नेता देउवा, पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन गर्नु हुन्छ। तर, काम गर्न सक्न हुन्न । हामी अझै विभेदमा छौं । हामीलाई लोकतन्त्र आएको छैन् । हामीमा समानता छैन । त्यसैले हामी यो प्रस्तावको पक्षमा वा विपक्षमा कतै पनि मत दिँदैनौं । तठस्थ बस्छौं ।’
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...