ठाकुरले भने -प्रधानमन्त्रीले हाम्रा १२० कार्यकर्ताको मुद्धा फिर्ता गरेकोमा ओलीप्रति आभार व्यक्त गछौंं – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

ठाकुरले भने -प्रधानमन्त्रीले हाम्रा १२० कार्यकर्ताको मुद्धा फिर्ता गरेकोमा ओलीप्रति आभार व्यक्त गछौंं


नयाँ बिकल्प,
विपक्षी जनता समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा पेश गरेको विश्वासको मत दिने प्रस्तावको पक्ष र विपक्ष कतै पनि भोट नदिने बताए ।

अध्यक्ष ठाकुरले जसपा सांसद रेशम चौधरी जेलमा रहेको, प्रदेश सांसद र नगरपालिकाका मेयरहरु तारिख धाईरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना १२० कार्यकर्ताको मुद्धा फिर्ता लिएको भन्दै धन्यबाद भने दिए ।

उनले संविधानमा पुरा समय काम गर्नको लागि संविधानको धारा ७६ बनाइएको हो । तर त्यो धाराले काम नगरेको भन्दै संविधानमा गम्भीर त्रुटिहरु देखा परिरहेको दाबी गरे ।

उनले भने ‘हाम्रा मुद्धाहरुलाई संवोधन गर्न प्रमुख प्रतिपक्षी दलका नेता देउवा, पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन गर्नु हुन्छ। तर, काम गर्न सक्न हुन्न । हामी अझै विभेदमा छौं । हामीलाई लोकतन्त्र आएको छैन् । हामीमा समानता छैन । त्यसैले हामी यो प्रस्तावको पक्षमा वा विपक्षमा कतै पनि मत दिँदैनौं । तठस्थ बस्छौं ।’

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख २७, १७: ००

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख २७, १७: ००

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख २७, १७: ००

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...