
नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सबै सांसदले आफ्नो पक्षमा भोट हालेमा संसद भङ्ग हुने संभावना नै नरहेको बताएका छन् ।
आफू नेतृत्वको सरकारले विश्वासको मत लिन चाहेको प्रस्ताव सोमबार प्रतिनिधिसभामा पेश भएपछि सांसदहरुले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने,‘सांसदहरुलाई कतै यो सदन फेरि विघटन हुने त होइन भन्ने आशंका रहेछ । तपाईँहरु सबैले खल्र्याम खुल्लुम सरकारकै पक्षमा भोट दिएपछि कसले भङ्ग गर्दो रहेछ ? हेरौंत ? सरकारको पक्षमा भोट दिऔं भङ्ग गर्ने बाटो नै नदिऔं न त ।’
उनले आफै सरकारको स्थायित्वको लागि मत नदिने अनि संसद विघटन हुन्छ कि हुँदैन भनेर सोध्ने सांसदलाई विश्वासको पक्षमा मत दिन आग्रह गरे । उनले आफै भिरमा जाने अनि गुरुत्वआकर्षणले गर्दा लडेँ भन्न नमिल्ने तर्क गरे ।
‘मलाई संसदले विश्वास छैन भनेर भनोस, आदेश देओस्, म मार्गप्रसस्त गर्न तयार छु । तर यो सदनको सबैभन्दा ठूलो दलको हैसियतले पनि मैले प्रधानमन्त्री हुने हक राख्छु । तर मैले विश्वासको मत पाउने कुरामा पनि आशंका छ । को को साथिहरु अनुपस्थित हुनुहुन्छ मलाई थाहा छ ।’
आफूलाई मार्ग प्रसस्त गर्न आग्रह गर्ने विपक्षी दलका नेताहरुतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘साथिहरु मार्ग प्रसस्त गर्ने कुरा देशको आवश्यकता र संसदीय गणितबीच कहिले काहीँ फरक हुन सक्छ । संसदको चुनाव घोषणा हुने वित्तिकै सांसदको हत्या भयो भनेर रोइलो गर्नु पर्दैन् । बेलायत, इजरायलमा एक वर्ष भित्रै दुई पटक चुनाव भयो तर त्यहाँ कुनै सांसदले मेरो हत्या भयो भनेनन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...